युएई, असोज ६-
ओमानमा भएको आँफैले चलाएको कार दुर्घटनामा परेर दुई नेपालीको मृत्यु भएको छ ।
आज (आइतबार) राजधानी मस्कटदेखि झन्डै २ सय किलोमिटर टाढा नीज्वा इज्की रोडमा कार दुर्घटना हुँदा दुई नेपालीको मृतयु भएको हो ।
नेपाली दुतावास ओमानका अनुसार तिलोत्तमा नगरपालिका रुपन्देहीका नर बहादुर सारु र झापाकी समिता बुढाथोकीको मृत्यु भएको छ । नर बहादुरले चलाएको कार सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा कारमा सवार समिताको पनि मृत्यु भएको दुतावास जानकारी दियो ।
नरबहादुरकी श्रीमती पनि ओमानमै रहेकोले कानुनी प्रक्रिया पूरा गरी दुतावासकै समन्वयमा शनिबार शव नेपाल पठाइएको तर समिताको शव हालसम्म ओमानकै नीज्वा अस्पतालमा रहेको दुतावासले बतायो ।