काठमाडौं, असोज ५-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो गठबन्धन आफैं कुहिएर झर्ने बताएका छन् ।
अखिल नेपाल ट्रेड युनियन महासंघको बृहत् प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा आधा दर्जन मन्त्री भ्रष्टाचारको आरोप लागेकाहरु भएकाले जोगाउन कांग्रेस-एमाले मिलेको दाबी गरे।
उनले भने, ‘सबै प्रयासहरुमा उनीहरु असफल भएका छन्, एउटा काम पनि फत्ते गर्न सकेका छैनन् । प्रत्येकमा हामी प्रतिपक्षमा भए पनि एकपछि अर्को सफलता हासिल गर्दै गएका छौं । केही समयभित्रै यो गठबन्धन आफैं कुहिएर झर्नेछ र हामी फेरि नयाँ ढंगबाट जाने विश्वास लिएका छौं ।’







