चितवन, भदौ ३०
चितवनको इच्छाकामना गाउँपालिका-६ नौकिलो स्थित नारायणगढ मुग्लिन सडकको करिब पाँच मिटर सडक भासिएको छ ।
आइतबार राती सवा ७ बजेतिर भासिएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालका अनुसार सडक छेउमा लगाएको तारजालीको भाग भासिएर करिब पाँच मिटर चिरिएको छ।
सडकको एक फिटजति दबेको कारण यातायात एकतर्फी सञ्चालन भइरहेको उनले बताए।