काठमाडौं, भदौ २५
नेपाल राष्ट्र बैंकले असोज १३ देखि २२ गतेसम्म दसैँलक्षित सुकिला नोट सटही गर्ने भएको छ ।
बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थित सातवटै कार्यालयबाट सुकिला नोट सटही गर्ने व्यवस्था मिलाइएको छ ।
दसैँमा बढी नोट साट्ने प्रचलन भएकाले १३ गतेबाट सुकिला नोट दिइने व्यवस्था गरिएको राष्ट्र बैंकका सूचना अधिकारी डा. भागवत आचार्यले बताए ।
यो वर्ष राष्ट्र बैंकले नयाँ नोट छापेको छैन । पुराना सुकिला नोट राष्ट्र बैंकसँग प्रशस्त भएकाले यी नोटलाई ढुसीबाट बचाउन र नयाँ नोट छाप्दा लाग्ने लागत बचाउन यो वर्ष नयाँ नोट नछापिएको उनी बताउँछन् ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार







