Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, कार्तिक १७, २०८२
☰
Logo सोमबार, कार्तिक १७, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

बोस्टन कलेजले दियो ४२ लाखबराबरको छात्रवृत्ति, साथै आठ लाख रूपैयाँ बीउपुँजी प्रदान

लोकप्रिय समाचार

  • १. चितवनका युवा व्यवसायी सिग्देललाई आक्रमण गर्ने तीन जना मुग्लिनबाट पक्राउ

  • २. कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ३. आइतबार कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ४. सोमबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहाेस् राशिफल

  • ५. कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ६. रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि पेसी तोकियो

  • ७. चितवनबाट लमजुङ जाँदैे गरेको माइक्रो तनहुँमा दुर्घटनाः १४ जना घाइते

  • ८. चितवनका युवा व्यवसायी सुलभ सिग्देल माथि आक्रमण

  • ९. नारायणी नदीमा डुबेर एक वृद्धको मृत्यु

  • १०. बञ्चरेडाँडामा फोहोर फ्याँक्न नदिएपछि काठमाडौं महानगरले भन्यो- घरमै सुरक्षित राख्नुस्

रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

– हिरालाल आचार्य ‘डायमण्ड’ – (चितवन आज)
चितवन, भदौ २६ –
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन (एएफयु)मा भदौ १३ गते अनेरास्ववियु र नेविसंघमा आवद्ध विद्यार्थीहरुबीच झड्प भएदेखि विश्वविद्यालयमा पठनपाठन ठप्प छ । झड्प भए यता दुबै संगठनले विज्ञप्ति निकाल्दै एकले अर्कालाई आरोप लगाइरहेका छन्, भने प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक लक्ष्मण केसीले अनेरास्ववियु र नेविसंघका विद्यार्थीबीच झड्प हुँदा नेविसंघका ५ जना र अनेरास्ववियुका ३ जना विद्यार्थी घाइते हुँदा त्यही दिन अस्पताल लगिएको जानकारी दिए । भोलिपल्ट पनि चोटपटक लागेको भनि केही विद्यार्थीहरु आए पनि तीनलाई घाइतेको आँकडामा नराखिएको उनले बताए ।

नेविसंघमा आवद्ध विद्यार्थी प्रितम भण्डारी र कमन दाहालको अहिले पनि काठमाडौंमा उपचार भइरहेको हो । प्रहरी निरीक्षक केसीका अनुसार प्रितमको टाउकोमा चोट लागेको छ भने कमनकोे नाक र आँखामा चोट लागेको छ ।

कुटपिटमा संलग्न भएको आरोप लगाउँदै घाइते निकट विद्यार्थीले दिएको उजुरीका आधारमा प्रहरीले अनेरास्ववियुमा आवद्ध ३ जना विद्यार्थीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । उनीहरु विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा परेको छ । ती ३ विद्यार्थी पनि अस्पतालमा उपचाररत छन् । झड्पका क्रममा चोट लागेको र उक्त ठाउँमा दुख्न थालेको भनेपछि उनीहरुलाई अस्पताल लगिएको प्रहरी निरीक्षक केसीले जानकारी दिए । उनीहरु मध्ये एक जनाको नाक, एक जनाको हात र अर्काेको टाउकोमा चोट लागेको जानकारी प्राप्त भएको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) नेकपा एमाले निकट विद्यार्थी संगठन हो भने नेपाल विद्यार्थी संघ (नेविसंघ) नेपाली कांग्रेस निकट विद्यार्थी संगठन हो । यी दुबै दल अहिले मिलेर सरकार चलाइरहेका छन् । तर ती दलका भातृ संगठन भने ठूलै भौतिक आक्रमण गर्ने द्वन्द्धको अवस्थामा पुग्दा सबैको ध्यान अहिले रामपुर घटनामा केन्द्रित छ । दुवै संगठनको केन्द्रीय कमिटी र सिंगो पार्टी जिल्ला पंक्तिको समेत ध्यान तानेको छ ।

नेविसंघले अनेरास्ववियुमा आवद्ध विद्यार्थीहरुको कुटपिटबाट आफ्ना साथीहरु घाइते भएको बताउँदै आएको छ । तर अनेरास्ववियुले त्यसलाई स्वीकार गरेको छैन । नेविसंघले आफ्नै साथीहरुमाथि आत्मघाती डरलाग्दो घातक प्रहार गरेको अनेरास्ववियुको भनाइ छ । तर नेविसंघले अनेरास्ववियुको उक्त भनाइलाई स्वीकार गरेको छैन ।

नेविसंघ र अनेरास्ववियु पछिल्लो समय विज्ञप्तिमार्फत एक अर्कामाथि आरोप थोपरिरहेका छन् । एक हिसाबले भनौैं उनीहरु अहिले ‘विज्ञप्ति वार’ गरिरहेका छन् ।

के भन्छ अनेरास्ववियु ?
अनेरास्ववियुले नेविसंघका विद्यार्थीहरु फलामे रड, पेट्रोल बम, इट्टा, ढुंगा, चेन बोकेर अनेरास्ववियुका विद्यार्थीहरुमाथि एक्कासि आक्रमण गर्न आएपछि आत्मरक्षा गर्न प्रतिवाद गरेको बताएको छ । होस्टलमा आक्रमण गर्न आएपछि आफूहरु होस्टल भवनको ढोका बन्द गरेर बसेको र ढोका बन्दा गर्दा पनि नेविसंघले घरेलु हतियार र पेट्रोल बम प्रहार गरेको, आफूहरु बस्ने होस्टल तोडफोड गरेको र आगजनी गर्न खाजेपछि त्यसको प्रतिवादमा अनेरास्ववियुका विद्यार्थीहरु पनि लडाईमा उत्रिएको अनेरास्ववियुको भनाइ छ । उक्त समयमा अनेरास्ववियुका विद्यार्थीमाथि नेविसंघले आक्रमण गर्न खोज्दा आत्मघातीरुपमा नेविसंघकै विद्यार्थीलाई चोट लागेको कुरा अनेरास्ववियु केन्द्रीय क्याम्पस कमिटी कृषि तथा वन विज्ञान विश्वविद्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । त्यसक्रममा दोहोर भिडन्त हुँदा अनेरास्ववियुका साथीहरु पनि घाइते हुन पुगेको अनेरास्ववियुको भनाइ छ ।

घटनाको भोलिपल्ट होस्टल खाली गराएर विद्यार्थीलाई सुरक्षिता स्थानमा लैजाने भन्दै प्रशासनले गाडीमा हालेर लगेको र त्यसमध्येका अनेरास्ववियुका ३ विद्यार्थीलाई प्रहरी हिरासत पुराएको र आफूहरु बस्ने होस्टल खाली भएपछि होस्टलबाट नेविसंघका विद्यार्थीले ८ वटा ल्यापटपसहित विभिन्न सामग्री चोरेको आरोप अनेरास्ववियुले लगाएको छ ।

पक्राउ गरिएका ३ जनाको कुटपिटमा कुनै संलग्न नरहेकाले तत्काल रिहाई गर्न अनेरास्ववियुले माग गरेको छ । निर्दाेष विद्यार्थीलाई रिहाई गरी दोषी विद्यार्थीलाई कारबाही गर्न अनेरास्ववियुको माग छ ।

के भन्छ नेविसंघ ?
नेविसंघले उक्त घटनालाई दुई पक्षबीचको झड्पका रुपमा उल्लेख गरेको छैन । अनेरास्ववियुमा आवद्ध विद्यार्थीहरुले नेविसंघमा आवद्ध ६ जना विद्यार्थीलाई नियन्त्रण लिएर कुटपिट गरी आफ्नो छात्राबास भवनमा लगि ज्यान मार्ने उद्देश्यले बन्धक बनाएर राखेको र ती बन्धक बनाइएका साथीहरुलाई छुटाउन उक्त छात्राबास अगाडि जम्मा भएका नेविसंघका विद्यार्थीहरुलाई अनेरास्ववियुका विद्यार्थीले छात्रावासको छाना र पर्खाल भत्काएर ढुंगामुढा गर्न सुरु गरेको नेविसंघको भनाइ छ । उक्त घटना अनेरास्ववियुले एकपक्षीयरुपमा आफैले घटाएको नेविसंघ कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर इकाई चितवनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उक्त घटना घटाउने दोषीहरुलाई मात्र कारबाही गरियोस् भन्ने हेतुले सम्बन्धित नियकायमा नेविसंघले अनुरोध गरेको जनाएको छ । घटना घटाउने दोषीलाई कारवाही हुनेमा आश्वस्त रहेको कुरा पनि नेविसंघले विज्ञप्तिमा उल्लेख गरेको छ ।

ल्याप्टप चोरेको भनि अनेरास्ववियुले लगाएको आरोपलाई खण्डन गर्दै नेविसंघले चोरीको लान्छाना लगाउनु खेदजनकमात्र नभई लाज पनि लजाउने तुच्छ स्तरको विकृत मनोभावना भएको भनि जवाफ फर्काएको छ ।

के डीन र प्राध्यापक हुन् त प्रमुख दोषी ?
दुबै संगठनको विज्ञप्तिलाई नियाल्ने हो भने घटनाको प्रमुख दोषी तथा योजनाकार प्राध्यापक र डीनलाई देखाएको देखिन्छ ।
उनीहरुको विज्ञप्ति हेर्दा रामपुरमा विद्यार्थी लडाउन डीन र प्राध्यापकले नै उक्साउने गर्छन् । प्राध्यापकहरु आफ्नो मनमुटाव र झगडालाई विद्यार्थी झड्पमार्फत प्रस्तुत गर्न खोज्ने गरेको चित्रण दुबैको विज्ञप्तिमा गरिएको छ ।

राम्रो ज्ञान र असल शिक्षा दिन खटिएका प्राध्यापकहरु विद्यार्थीहलाई जुधाउनतर्फ उक्साएका छन् भनेर विद्यार्थीले नै भनिरहनु गम्भीर विषय हो । यसतर्फ पनि सम्बद्ध निकायहरुले निष्पक्ष छानबिन गर्नुपर्ने देखिन्छ ।

घटनामा विद्यार्थी घाइते गराउन विद्यार्थी नै प्रत्यक्ष दोषी भए पनि घटना घटाउन भने प्राध्यापक र कृषि संकायका डीन मुख्य दोषी रहेको कुरा विद्यार्थीले विज्ञप्ति मार्फत नै खोलिदिएका हुन् ।

अनेरास्ववियुले विश्वविद्यालयमा पदाधिकारीहरु परिवर्तन हुने समय नजिकएसँगै व्यक्तिगत राजनीतिक पक्षपोषण गर्ने हेतुले हारको मानसिकता बोकेका कृषि संकायको डीनको प्रत्यक्ष संरक्षणमा रहेको नेविसंघ अराजक व्यक्तिहरुको आडमा अनेरास्ववियुका साथीहरुमा माथि सांघातिक आक्रमण गर्न आएपछि विवाद उत्पन्न भएको जनाएको छ । डीनको संलग्नतामा सुनुयोजित ढंगले नेविसंघ आफूहरुमाथि सांघातिक हमला नै गर्ने गरी हतियार बोकेर आएको अनेरास्ववियुको भनाइ छ ।

त्यसैगरी अनेरास्ववियुले आफ्ना साथीहरुलाई किटानी जाहेरी गरी पक्राउ गराउनुलाई प्राध्यापकको राजनीतिक कुर्सीको चलखेल हो भनेर भनेको छ ।

नेविसंघले राज्य सत्ता, छात्रावास प्रशासन र आफू निकट प्राध्यापकहरुको प्रत्यक्षण संरक्षण र निर्देशनमा हतियार बोकेर आई अनेरास्ववियुले नेविसंघमा आवद्ध विद्यार्थीहरुलाई कुटपिट गर्दै लगेर ज्यान मार्ने उद्देश्यका साथ बन्धक बनाएको बताएको छ ।

प्रहरी र छात्रावास प्रशासनको उपस्थितिमै षड्यन्त्रपूर्वक अनेरास्ववियुले उक्त घटना घटाएको नेविसंघको भनाइ छ ।

अन्तत :
दुबै संगठनको विज्ञप्ति र विज्ञप्तिमा उल्लेखित भाषाहरुका आधारमा भन्दा रामपुर घटना एउटा संयोग र क्षणिक आवेग तथा विद्यार्थी साथीबीचको मनमुटावमा घटेको घटना जस्तो देखिँदैन । विज्ञप्तिलाई नियाल्ने हो भने यो त राजनैतिक स्वार्थ, प्राध्यापकहरुको कुर्सीको लडाईं, प्रशासनले आफू अनुकुल विद्यार्थी संगठनलाई प्रयोग गर्ने गरेको र त्यसको उपजको घटना भएको बुझिन्छ । तसर्थ यो घटना रामपुरमा पुनः नदोहोरिएला भन्न सकिन्न । यसतर्फ विद्यार्थी संगठन, संगठनका संरक्षक मानिएका राजनैतिक दल, विश्वविद्यालय प्रशासन र प्राध्यापकहरु अझ सचेत हुनुपर्ने देखिन्छ ।

यी दुई संगठनबीचको घातक द्वन्द्व अझै समाधान हुन सकेको छैन । आफूहरुले न्याय पाउनुपर्ने भन्दै नेविसंघले विश्वविद्यालयमा तालाबन्दी गरेको छ । जसका कारण विश्वविद्यालयमा पठपाठन ठप्प भएको छ । विद्यार्थीहरु त्रसित बनेका छन् । त्यही विषयमा पुनः झडप हुन सक्ने डरले विद्यार्थीहरु अझै पनि त्रासमै रहेको बुझिएको छ ।

त्रसित भएकै कारण विद्यार्थीहरुले अनलाइन कक्षा सञ्चालन गर्न माग गरेको छन् । तर यसतर्फ विश्वविद्यालय प्रशासनले चासो नदेखाएको विद्यार्थीहरुमार्फत बुझिएको छ ।

यस विषयमा थप फलोअपसहितको अर्काे लेख हामी पुनः प्रकाशन गर्ने छौं । विश्वविद्यालयका प्राध्यापक, डीन र प्रशासनका कुरासहित हामी अर्काे श्रृङ्खला तयार पार्ने छौं । चितवन आज डटकमसँगै रहनु होला ।

हेरौं, अनेरास्ववियुको विज्ञप्ति :

 

हेरौं, नेविसंघको विज्ञप्ति :

Chitwan Aaja चितवन आज
बुधबार, भदौ २६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सोमबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहाेस् राशिफल
एक महिनामा एक लाख २८ हजार पर्यटक भित्रिए
`योगदान राष्ट्रको लागि´रत्ननगर नगर समितिको सचिवमा बद्री धिताल निर्विरोध चयन

ताजा समाचार

सबै

सोमबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहाेस् राशिफल

एक महिनामा एक लाख २८ हजार पर्यटक भित्रिए

`योगदान राष्ट्रको लागि´रत्ननगर नगर समितिको सचिवमा बद्री धिताल निर्विरोध चयन

बाल सुधारगृहबाट भागेका २० मध्ये १५ जना पक्राउ

राजदूत फिर्ताको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

हर्क साम्पाङले पाए दल दर्ताको प्रमाणपत्र

चितवनको माडी जाने निकुञ्जभित्रको सडकमा मोज्याक टायल लगाइने

उवासंघ चितवनको अध्यक्षमा शिरीष पन्तले उमेदवारी दिने

माओवादी र समाजवादीसहितको एकता घोषणा कात्तिक २० गते हुने

बञ्चरेडाँडामा फोहर बोकेका गाडी जान थाले, १५ दिनभित्र माग पूरा गर्ने कुलमानको प्रतिबद्धता

बाढी पहिरोका कारण ठप्प छन् यी राजमार्ग

सुनको भाउ बढ्यो, चाँदी घट्यो

गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

आजदेखि सरकारी कार्यालय खुल्ने समय एक घण्टा छोटिँदै

आइतबार कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् राशिफल

नारायणी नदीमा डुबेर एक वृद्धको मृत्यु

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज मंगलबार कुन राशिका लागि शुभ : हेर्नुहोस् राशिफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    चितवनका युवा व्यवसायी सिग्देललाई आक्रमण गर्ने तीन जना मुग्लिनबाट पक्राउ

  • २.
    कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ३.
    आइतबार कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ४.
    सोमबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहाेस् राशिफल

  • ५.
    कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ६.
    रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि पेसी तोकियो

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech