काठमाडौं, भदौ २३ –
दसैं, तिहार जस्ता चाडपर्वमा हुन सक्ने सडक तथा सवारी दुर्घटना न्यूनीकरणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चासो देखाएको छ।
चाडपर्वको समयमा काठमाडौंबाट बाहिरिने यात्रुको चाप अत्यधिक हुने र त्यस्तो समयमा दुर्घटनाको समेत जोखिम उच्च हुने भएकाले नियन्त्रणका लागि मन्त्रालयले चासो देखाएको हो।
आइतबार मन्त्रालयमा सरोकारवालाहरूबीच छलफल कार्यक्रम आयोजना गरिएको थियो।
छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले चाडपर्व सुरू हुनु अघि नै सडकका खाल्डा पुर्न निर्देशन दिए।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार







