काठमाडाैं, भदौ २३
काठमाडौंको नागार्जुन नगरपालिका– ७ की वडासचिव सुमा केसी मृत फेला परेकी छिन् । उनी आइतवार आफ्नै घरको कुखुरा पाल्ने टहरोमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।
नगरपालिकाका प्रमुख (मेयर) मोहन बस्नेतका अनुसार उनी झुण्डिनुको कारण पत्ता लागेको छैन । केसीको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।
नागार्जुन–७ का पूर्वअध्यक्ष रमेश गौतमका अनुसार केसीले आत्महत्याको बाटो कसरी लिइन् भन्नेबारे प्रहरीलाई अनुसन्धान गर्न भनिएको छ ।
केसीको मृत्युमा शोक मनाउँदै नागार्जुन नगरपालिकाले आइतवार नगरपालिका, सबै वडा कार्यालय, स्वास्थ्य संघसंस्था र सामुदायिक एवं संस्थागत विद्यालयमा बिदा दिने निर्णय गरेको मेयर बस्नेतले बताए ।







