काठमाडाैं, भदौ ४
परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ का अवसरमा मङ्गलबार काठमाडौँको बसन्तपुरमा परिक्रमा गरिँदैछ ।
एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने चलन छ ।
यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।
कसैले गाई र कसैले बालबालिकालाई जोगीको भेष वा अनौठो भेषभुषामा नगर परिक्रमा गराइन्छ । वसन्तपुर र हनुमानढोका क्षेत्रमा गाईजात्रा मनाइएको छ ।
सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार