हेटौंडा, साउन ३२-
हेटौंडा उपमहानगरका व्यवसायीले कर वृद्धिको विरोधमा आन्दोलनमा उत्रिएका छन् ।
मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा भइरहेको कर वृद्धिविरूद्दको आन्दोलनलाई साथ दिँदै व्यवसायीहरूले शुक्रबार आफ्ना व्यवसाय बन्द गरेर उपमहानगर कार्यालयमा धर्ना दिएका हुन् ।