चितवन, २५ साउन
एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज, हेटौँडा शाखाले २१औँ वार्षिकोत्सवको अवसरमा एक सामुदायिक विद्यालयलाई खेलकुदका सामग्री सहयोग गरेको छ ।
मनहरी गाउँपालिका–३, स्थित प्रजा आधारभूत विद्यालयलाई आवश्यक खेलकुदका सामग्री सहयोग गरेको हो । एक्सपर्ट हेटौँडा शाखा प्रमुख अच्युत चालिसेले वडा नं–३ का जनप्रतिनिधि हीराबहादुर प्रजा र विद्यालयका प्रधानाध्यापक तुलबहादुर सुनारलाई उक्त खेलकुदका सामग्री हस्तान्तरण गरेका हुन् ।
एक्सपर्ट शाखा प्रमुख चालिसेले एक्सपर्टको २१औँ वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै विद्यालयलाई सानो सहयोगस्वरुप खेलकुदका सामग्री सहयोग गरिएको बताए । उनले आगामी दिनमा आवश्यकताको आधारमा यस्तै सहयोग गर्ने प्रतिबद्धता जनाए ।
विद्यालयका प्रधानाध्यापक तुलबहादुर सुनारले एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजबाट खेलकुदको सामग्री पाउँदा निकै खुसी लागेको प्रतिक्रिया दिए । उनले भने, ‘हामी खोज्दै हिँड्नुपर्ने ठाउँमा तपाईंहरु आफैँ हामीलाई खोजेर खेलकुदका सामग्री सहयोग गर्नुभयो, हामी ज्यादै खुसी छौँ ।’
उनले यस खेलकुदका सामग्रीले विद्यार्थीहरुको सिकाइमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । पढ्न आउन नमान्ने विद्यार्थीहरु पनि खेलकुदको कार्यक्रमले विद्यालय आउन सक्ने भएकाले विद्यालयमा पढ्ने वातावरणसमेत तयार हुने बताए ।
एक्सपर्ट हेटौँडाले विभिन्न समयमा सामाजिक उत्तरदायित्व बहन गर्दै सहयोग गर्दै आइरहेको छ । एक्सपर्टले बिहीबार विश्वरभर नै ‘एक्सपर्ट डे’ मनाएको छ । सन् २००३ अगस्ट ८ मा अस्ट्रेलियाको सिड्नीमा एक्सपर्टको जन्म भएको हो ।
एक्सपर्टका हाल २० देशमा ६० भन्दा बढी शाखाहरु रहेका छन् । एक्सपर्टले मुख्यगरी उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई अस्ट्रेलिया, क्यानडा, अमेरिका, युके, न्यूजील्याण्ड, आयरल्याण्डका लागि शैक्षिक परामर्श दिँदै आइरहेको छ । एक्सपर्टले परामर्शसँगै आइइएलटिएस÷पिटिइ र स्याट कक्षाहरुसमेत सञ्चालन गर्दै आइरहेको छ ।