चितवन, साउन १८ –
राष्ट्रिय युवा संघ नेपाल, चितवनको आयोजनामा भोलि कालिका नगरपालिका– ८ स्थित उदयपुर सामुदायिक वनमा रहेको टाँसी छ्योलिङ्ग गुम्बा परिसरमा वृक्षारोपण हुने भएको छ ।
‘संरक्षण प्रकृतिको, सुरक्षा सन्ततीको’ भन्ने मुल नाराका साथ राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीले १ महिने वृक्षारोपण अभियान २०८१ चलाइरहेको छ ।
त्यही अभियान अन्तर्गत भोलि चितवनमा वृक्षारोपण गर्न लागिएको हो । बिहान ७ बजेबाट वृक्षारोपण सुरु गरिने राष्ट्रिय युवा संघ नेपाल, चितवनका अध्यक्ष झलकराज भट्टले जानकारी दिए ।
वृृक्षारोपण कार्यक्रममा उपस्थित हुन राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी चितवनले नेकपा (एमाले)का सम्पूर्ण नेता कार्यकर्ता, जनवर्गीय संगठन, समर्थक एवम् शुभचिन्तकसहित सम्पूर्ण स्थानीयहरुमा आह्वान गरेको छ ।