Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बुधबार, बैशाख ०२, २०८३
☰
Logo बुधबार, बैशाख ०२, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

सर्लाहीमा एसईई परीक्षा हलमा मोबाइलबाट चिट चोर्दै गरेका तीन परीक्षार्थी पक्राउ

मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

एसईई परीक्षार्थीलाई मन्त्री वादीको सुझाव–’आफ्नो क्षमतामा विश्वास राख्नुहोस्’

भोलीदेखि एसइइ परिक्षा सुरुः यसवर्ष ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुँदै

लोकप्रिय समाचार

  • १. अखिल क्रान्तिकारी वीरेन्द्र बहुमुखी क्याम्पस इकाइ बैठक सम्पन्न

  • २. ‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

  • ३. रवि विरुद्धको आरोपपत्र संशोधनमा जटिल कानुनी प्रश्न देखियो : सर्वोच्च अदालत

  • ४. लायन्स क्लब अफ नारायणगढ दियालोको अध्यक्षमा रमेश मानन्धर

  • ५. पुनर्निर्माणपछि चितवनको भाटभटेनी स्टोर्स भोलिदेखि सञ्चालनमा आउने

  • ६. बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

  • ७. सर्लाहीमा सशस्त्र प्रहरीको कडाइ : ६०० लिटर मदिरा नष्ट, भन्सार छलीका सामानसहित अटो नियन्त्रणमा

  • ८. चितवन निकुञ्जमा आर्मीले चलाएको गोली लागेर गैँडाको मृत्यु

  • ९. स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

  • १०. नेपालको कडाइपछि भारतको प्रतिक्रिया : नेपाली सवारी इन्धनविहीन, सीमावर्ती बासिन्दा मारमा

पुनःनिर्माणको पर्खाइमा जाजरकोट दरबार

सुर्खेत, साउन ७-
विसं १८५२ मा निर्माण भएको ऐतिहासिक जाजरकोट दरबार हाल त्रिपालले ढाकिएको अवस्थामा छ । गत कात्तिक १७ गते रामीडाडाँ केन्द्रविन्दु भएर गएको भूकम्पका कारण दरबारमा क्षति पुगेपछि हाल वर्षाबाट जोगाउन त्रिपालको सहारा लिनुपरेको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिनुभयो । यो भन्दा पहिले दुई पटक आएको भूकम्पले पनि दरबारमा क्षति पुगेको थियो ।

डिभिजन वन कार्यालय जाजरकोटको सहयोगमा त्रिपालले ढाकिएको प्रजिअ अधिकारीले बताउनुभयो । अत्यन्तै जोखिम भएपछि त्रिपालले ढाकिएको प्रजिअ अधिकारीको भनाइ छ । यसअघिका दुईवटा भूइँचालोले दरबारलाई क्षति पुर्‍याएपछि दुवैपटक पुनःनिर्माण गरिएकोे थियो । यस पटक पुनः भूकम्पले पूर्णरुपमा क्षति पुर्‍याएपनि पुनःनिर्माण हुन सकेको छैन ।

दरबार पुनःनिर्माणका लागि विसं १९९० पछि भक्तपुरका नेवार तत्कालीन इन्जिनियर नाक्चेलाई ल्याएर यसको पुनःनिर्माण गरिएको थियो । यो दरबार ऐतिहासिक तथा पुरातात्विक रुपमा महत्वपूर्ण मानिन्छ । यो जाजरकोटको मात्र नभएर कर्णालीको मुख्य पर्यटकीय गन्तव्य हो । दरबारमा क्षति पुगेपछि जिल्ला प्रशासनलगायतका सेवा प्रवाह प्राङ्गणमा सारिएको छ । केही दशकयता जाजरकोट दरबार भनेर चिनिने यो भवनमा प्रशासन कार्यालय रहेको थियो । प्रशासनसँग समन्वय गरेर काम गर्नुपर्ने अरू केही सरकारी कार्यालय यही भवनमा थिए ।

भित्र जोखिम भएपछि नियमित काम गर्न प्राङ्गणमा अस्थायी संरचना बनाइएको छ । ‘सेतो दरबार’ भनेर चिनिने जाजरकोट दरबारले भूकम्प सहेको यो तेस्रोपटक हो । यो पटक दरबार चर्किएको मात्र छ । केही वर्षअघि सरकारद्वारा सूचीकृत एक सय पर्यटकीय गन्तव्यभित्र सेतो दरबार अर्थात् जाजरकोट दरबार पनि समावेश छ । पर्यटकीय गन्तव्यका रूपमा रहेको ऐतिहासिक दरबार भूकम्पले जोखिम निम्त्याएपछि यसको संरक्षणमा चुनौती थपिएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताउनुभयो । “दुईपटक भत्किसकेको दरबार अहिले उस्तै जोखिममा परेको छ, जिल्लाको इतिहास जोगाउन यसलाई जोगाउनैपर्ने हुन्छ,” उहाँले भन्नुभयो, “जाजरकोट राज्य हुँदा जनताको श्रमबाट पुनःनिर्माण गरिएको थियो, अब यसरी समयमै पुनःनिर्माण गर्न सहज छैन”।

योभन्दा ९० वर्षअघि विसं १९९० माघ २ गते नेपाल र भारत केन्द्रविन्दु भएर गएको आठ म्याग्निच्युडको भूकम्पले जाजरकोट दरबार पूर्ण रूपमा भत्किएको थियो । तत्कालीन जाजरकोटी राजा इन्द्रनारायण शाहको पालामा खलङ्गा क्षेत्रको सबैभन्दा अग्लो भाग छनोट गरेर दरबारको निर्माण गरिएको इतिहास छ । त्यसअघि सोही क्षेत्रमा रातो दरबार थियो । जसलाई विसं १८२५ सालमा राजा हरि शाहले बनाएका थिए । यो दरबारमा पनि अहिले सरकारी कार्यालय छ । यसअघि जिल्ला विकास समिति र कृषि विकास बैंक रहेको रातो दरबारमा अहिले जिल्ला समन्वय समितिको कार्यालय छ ।

रातो दरबार निर्माण गरेको २७ वर्षपछि राजा इन्द्रनारायणले राज्य सञ्चालनका लागि थप भौतिक संरचनाको आवश्यकता ठानेर सेतो दरबार बनाएका थिए । यो दरबार बनाउँदा जाजरकोटी राजाको आदेशमा जनश्रमदान गरिएको थियो । राजाले जनतालाई श्रमदान गर्ने निश्चित दिन तोकिदिएका थिए ।

जाजरकोट दरबारले दोस्रो पटक भूकम्पीय क्षति विसं २०४५ सालमा भोगेको थियो । उदयपुर केन्द्रविन्दु रहेको उक्त भुकम्प छ दशमलव नौ रेक्टर स्केलको थियो । त्यसले दरबारको पश्चिम भाग ९जसलाई पश्चिम नाल भनिन्थ्यो० मा क्षति पुगेको थियो । उक्त क्षतिको विसं २०५१ मा पुनःनिर्माण गरिएको थियो ।

जाजरकोट दरबारबाट इन्द्रनारायण पछिका सात राजाले शासन गरेका थिए । यो दरबारबाट शासन चलाउने अन्तिम राजा प्रकाश विक्रम शाह थिए । इन्द्रनारायणभन्दा अघिका जाजरकोटी राजा हरि शाहदेखि गजेन्द्रनारायण शाहसम्मले रातो दरबारबाट शासन चलाएका थिए । राजेन्द्रविक्रम शाहका अनुसार जाजरकोटको राज्य सञ्चालन हुने सेतो दरबार र रातो दरबारमार्फत् २०१७ सालदेखि सरकारी कामकाज हुँदै आएको हो । २०१७ सालमै प्रकाशविक्रम शाहले नेपाल सरकारलाई ६० हजारमा जाजरकोट दरबारको भवन बिक्रि गरेका थिए । त्यसपछि यो सरकारी सम्पत्तिका रूपमा परिणत भएको थियो ।

खलङ्गाको माथिल्लो थाप्लेमा बनेका व्यक्तिको स्वामित्वमा भएका दुईवटा घरलाई पनि स्थानीयले दरबार भन्ने गरेका छन् । ती दुई घरमध्ये एउटा जाजरकोटी राजा जंगबहादुर शाहका छोराहरू समरध्वज शाह, रणध्वज शाह र सुरबहादुर शाहले विसं १९४२ सालमा जाजरकोटी जनताको सहयोगमा बनाएका थिए । अर्को घर जङ्गबहादुरकै छोरा शक्तिवर्द्धन शाह, अमरबहादुर शाह, नरशम्शेर शाह र नरजंग शाहले विसं १९५० सालमा बनाएका हुन् । दरबारकै रूपमा चिनिने यी घर राज्य सञ्चालनका लागि नभइ राजाका भाइछोरा बस्न भनेर दरबारकै स्वरूपमा बनाइएको थियो । राजाका भाइ–छोराहरू धेरै भएर उनीहरूका आवास व्यवस्थापन गर्न ती घरहरू बनेको शाहको भनाई छ ।

यसअघिका दुवै भूकम्पबाट जोगिएका यी दरबार यसपटक भत्किएका छन् । दरबार आसपासमा बनेका पुराना भौतिक संरचना पनि भूकम्पले तहसनहस छन् । रासस

Chitwan Aaja चितवन आज
सोमबार, साउन ०७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
१० हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द
नेप्से ३३.२७ अंकले बढ्यो, १० अर्ब ५३ करोडको कारोबार
कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

ताजा समाचार

सबै

१० हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द

नेप्से ३३.२७ अंकले बढ्यो, १० अर्ब ५३ करोडको कारोबार

कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

प्रधानमन्त्रीको मौनतामाथि रक्षा बमको प्रश्नः संसदमा बोल्न किन चुक्नुभयो ?

सात करोडमा बन्यो जिल्ला प्रशासन कार्यालय नवलपरासी भवन

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालयमा सिल, १० विलासी गाडी नियन्त्रणमा

मध्यपूर्व द्वन्द्व शान्तितर्फ उन्मुख, कूटनीतिक गतिविधि तीव्र

ट्राफिकसँग रहेका नौ हजार सक्कली कागजपत्र लिन कोही आएनन्

सुनको मूल्य तोलाको २ हजार ९ सयले बढेर तीन लाख दुई हजार ७०० रुपैयाँमा कायम

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

इरानमाथि लगाएको नाकाबन्दी हटाउन अमेरिकालाई साउदीको दबाब

सांसदहरूले स्वकीय सचिवको सुविधा पाउने

मेरो ४–५ तोला सुन र २–४ लाख बैंक ब्यालेन्स होला : र्हक साम्पाङ

आफूलाई ‘यशु’ जस्तै देखाउने तस्बिर विवादमा परेपछि ट्रम्पले हटाए पोस्ट

रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    अखिल क्रान्तिकारी वीरेन्द्र बहुमुखी क्याम्पस इकाइ बैठक सम्पन्न

  • २.
    ‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

  • ३.
    रवि विरुद्धको आरोपपत्र संशोधनमा जटिल कानुनी प्रश्न देखियो : सर्वोच्च अदालत

  • ४.
    लायन्स क्लब अफ नारायणगढ दियालोको अध्यक्षमा रमेश मानन्धर

  • ५.
    पुनर्निर्माणपछि चितवनको भाटभटेनी स्टोर्स भोलिदेखि सञ्चालनमा आउने

  • ६.
    बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.