काठमाडौं , वैशाख २-
नेपाली बजारमा आज बुधबार सुनको मूल्य बढेको छ ।
सुन तोलामा २९ सय रुपैयाँले बढेर तीन लाख दुई हजार ७०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन मंगलबार सुन तोलामा दुई लाख ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
तयस्तै, चाँदीको मूल्य पनि १५५ रुपैयाँले बढेर पाँच हजार २२० रुपैयाँमा कायम भएको छ ।
हिजो चाँदी प्रतितोला पाँच हजार ६५ रुपैयाँमा किनबेच भएको थियो ।










