चितवन, असार १७
एसईईको परीक्षामा नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) मा छात्रातर्फ नमुना माध्यामिक विद्यालय गैँडाकोटकी विद्यार्थी स्वस्तीका खड्का प्रथम बनेकी छिन् ।
खड्काले एसईईमा छात्रातर्फ जिल्लाकै सर्वाधिक जीपीए ल्याउन सफल भएकी नमुना माविले जनाएको छ । खड्काले ३.९६ जीपीए ल्याएकी छन् । विद्यालयका प्राचार्य गोपेन्द्रकेसरी न्यौपानेका अनुसार स्वस्तीका सानैदेखि पढाईमा अब्बल छात्रा हुन् ।
यसैबीच विद्यालयले कक्षा ११ का लागि विज्ञान, व्यवस्थापन र होटल म्यानेजमेन्टमा भर्ना खुला गरेको छ । असार १८ गते बिहान ८ बजे विद्यालयमा प्रवेश परिक्षा सञ्चालन हुने विद्यालयले जनाएको छ ।