चितवन, जेठ ६ –
रत्ननगर नगरपालिकाको मेयरमा पाँच दलीय गठबन्धन नेपाली कांग्रेसका प्रल्हाद सापकोटा विजयी भएमा छन् । यस्तै उपमेयरमा एमालेका यादवप्रसाद पाठक विजयी भएका छन् । उनीहरुको विजयीको आधिकारिक घोषणा हुन भने बाँकी छ ।
३९ हजार ४१० कुल खसेको मतमध्ये ५५० मत गणना गर्न बाँकी रहँदा मेयरका उम्मेद्वार सापकोटाले १९ हजार २४४ र एमालेकी उम्मेद्वार विमला दुवाडीले ११ हजार ८५५ मत पाएकी छन् । सापकोटा ७ हजार ३८९ मतले अगाडि छन् ।
उपमेयरमा पाठकले १२ हजार ४९० मत ल्याउँदा एकीकृत समाजवादीका बद्रिनाथ घिमिरेले ११ हजार ४२० मत पाएका छन् । उनीहरुबीच पाठकको अग्रता एक हजार ७० रहेको छ ।
गन्नबाँकी मत भन्दा अग्रता बढी भएकाले मेयर र उपमेयरमा सापकोटा र पाठक विजयी हुने छन् ।