चितवन, चैत २७ –
पश्चिम चितवनको चनौलीमा बेस्ट डेस्टिनेशन एजुकेशनले ‘ह्वाट आफ्टर एसईई ?’ अर्थात ‘एसईई पछि के गर्ने ?’ सम्बन्धि अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ ।
यही चैत २९ गते ११ बजेबाट चनौली पार्टी प्यालेसमा उक्त कार्यक्रम हुन लागेको हो । एसईई दिएका विद्यार्थीले आफ्नो उज्वल भविष्यका लागि आगामि दिनमा पढ्ने विषयको छनौट गर्दा विशेष ध्यान दिनुपर्छ । यसै कुरालाई मध्यनजर गर्दै एक दिने अभिमुखीकरण कार्यक्रम गर्न लागिएको बेस्ट डेस्टिनेशनका प्रबन्ध निर्देशक संजय कुँवरले जानकारी दिए ।
कुँवरका अनुसार उक्त कार्यक्रममा एसईईपछि आफ्नो विषय र लक्ष्य छनौट गर्दा ध्यान दिनुपर्ने कुराहरु एवम् छात्रवृत्ति प्राप्त गर्न चाहिने मापदण्डहरुका बारेमा विभिन्न क्षेत्रका विज्ञहरुले विद्यार्थीलाई जानकारी गराउने छन् ।
नेपालमा विद्यार्थीहरुले शिक्षासँगसँगै रोजगारी तथा सीपका अवसरहरु कसरी प्राप्त गर्न सक्दछन् ? भन्नेबारे पनि सोही क्षेत्रका विज्ञले विद्यार्थीलाई जानकारी गराउने छन् । जसले विद्यार्थीहरुको भविष्यको मार्ग निर्देशन कोर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।
उनका अनुसार मुख्यतः पश्चिम चितवनका विद्यार्थीहरुलाई लक्ष्ति गरेर यो कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा प्रवेश गर्न विद्यार्थीहरुलाई कुनै शुल्क लिइने छैन ।
बेस्ट डेस्टिनेशनले साइन्स ब्रिज कोर्ष, एडभान्स साइन्स ब्रिज कोर्ष, म्यानेजमेन्ट ब्रिज कोर्ष, सिटीभिटी तयरी कक्षा र कम्प्युटर तालिमका कक्षाहरु पनि सञ्चालन गर्दै छ । ती कक्षाहरुमा भर्ना हुन चाहेमा कार्यक्रमकै दिन विशेष छुटसहित भर्ना लिइने बेस्ट डेस्टिनेशनका प्रबन्ध निर्देशक कुँवरले चितवन आजलाई जानकारी दिए ।
पश्चिम चितवनमा अब्बल संस्थाका रुपमा स्थापित यस संस्थाले भर्खरै मात्रै आफ्नो छैठौं इन्टरनेशनल एजुकेशन इन्फो सेशन समेत सम्पन्न गरि सकेको छ ।