Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, चैत ०६, २०८२
☰
Logo शुक्रबार, चैत ०६, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • २. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ५. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ६. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ७. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

  • ८. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ९. काठमाडौंको खाली जग्गामा भेटियो पुरुषको शव

  • १०. प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौंः उज्यालो नेपाल पार्टी

ताइवानमा भूकम्पमा परी नौ जनाको मृत्यु, करिब ९०० जना घाइते

ताइवान, २१ चैत :

ताइवानमा गएको २५ वर्षयताकै सबैभन्दा शक्तिशाली भूकम्पका कारण बुधबार साँझसम्म कम्तीमा नौ जनाको मृत्यु भएको छ भने ९०० जनाभन्दा बढी घाइते भएका छन् ।

करिब दुई करोड ३० लाख जनसङ्ख्या रहेको ताइवान क्षेत्रमा भूकम्पको शक्तिशाली धक्का महशुस गरिएको थियो भने यसको असर छिमेकी मुलुकहरू चीन, जापान र फिलिपिन्सलगायतमा परेको थियो ।

केन्द्रबिन्दु पूर्वी हुआलियन काउन्टीमा रहेको भूकम्पपछि उक्त क्षेत्रमा १०० भन्दा बढी पराकम्प गएका बताइएको छ ।

हुवालिन ताइवानको एक पहाडी क्षेत्र हो र यो सुरम्य ग्रामिण इलाकामा रहेका गोरेटो, चक्रेटो र कच्ची सडक यात्रा गरी समुद्री दृश्यहरूको आनन्द लिनका लागि स्वदेशी तथा विदेशी पर्यटकहरूको रोजाइको ठाउँ हो ।

समाचार तयार पार्दासम्म भूकम्पमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ भने तीमध्ये तीन जनाको ‘हाइकिङ ट्रेल’ मा मृत्यु भएको थियो भने दुई जनाको पहिरोले पुरिएर मृत्यु भएको थियो । ताइवानभर भूकम्पका कारण ९०० भन्दा बढी घाइते भएका छन् ।

एक रेल यात्रीले खिचेको तस्बिरमा हुलियान ट्रेल नजिकै ठूलो पहिरो खसेको देखिएको छ । एक जना चालकले यस क्षेत्रको प्रसिद्ध तारोको राष्ट्रिय निकुञ्ज नजिकैको सडकमा अर्को पहिरो खसेको भिडियो सार्वजनिक गरेका छन् ।

हुलियान वरपरका केही भवनहरू खतरनाक तरिकाले झुकेका छन् भने सेनाका जवानहरू सिँढीप्रयोग गरेर संरचनाहरूमा चढेका स्थानीइ टेलीभिजन र सामाजिक सञ्जालमार्फत सार्वजनिक तस्वीरमा देख्न सकिन्छ ।

–प्रत्यक्षदर्शीको अनुभव–

बुधबार तासको घरजस्तै भत्किएको एक गोदामको भग्नावशेषबाट उद्धारकर्मीहरूले सावधानीपूर्वक उद्धार जारी राख्दा टुलुटुलु हेरेर बसिरहेका प्रत्यक्षदर्शी लिउले एएफपीसँग भन्नुभयो, “भूकम्पपछि यो घर पहाड ढलेजस्तै ढल्यो ।

राजधानीबाहिर रहेको लिउको न्यू ताइपेइ शहरमा भत्किएको भवनबाट उद्धारकर्मीले ५० जनालाई उद्धार गर्न सफल भएका थिए । उक्त भवन करिब ६० वर्ष पुरानो भएको र त्यहाँ छापाखाना रहेको नजिकै बस्ने लिउले बताए ।

स्थानीय समयअनुसार बिहान ८ ः०० बजे गएको ७.४ म्याग्निच्यूडको भूकम्पले भवनलाई कंक्रिटको ब्लक, स्टिलबार, इँटा र तारहरूको अस्तव्यस्त थुप्रो (भग्नावशेष) मा परिणत गरेको थियो ।

वरपरका भवनका बासिन्दाहरू भने कुनै असर नपरेको जस्तो देखिए तापनि उनीहरूले बिहानको भूकम्पले सातो लिएको बताए ।

प्रिन्टिङ प्रेस नजिकै बस्ने चाङले भन्नुभयो, “घरका धेरै सजावट भुइँमा खसेका थिए, तर मानिसहरू सुरक्षित थिए । “हामी धेरै भाग्यशाली थियौं भन्नुपर्ला,” उहाँले बताउनुभयो ।

अग्निनियन्त्रकहरूको एक समूहले ‘चेरी पिकर’को प्रयोग गरेर झ्यालबाट हाते औजारहरू भित्रका कामदारहरूसम्म पु¥याएपछि उनीहरूले झ्याल तथा ढोका फोडेर बाहिर निस्किएका थिए ।

ताइवानको दोस्रो ठूलो शहर ताइचुङको पश्चिमी तटमा पहिरोका कारण एउटा सडक अवरुद्ध भएको छ भने पहाडबाट ठूला ठूला ढुङ्गा खसेका छन् र यातायात अवरुद्ध भएको छ ।
–ताइवानभरि नै शक्तिशाली धक्का महसुस’

ताइपेइस्थित मौसम प्रशासन तथा भुकम्प मापन केन्द्रका निर्देशक वु चिएन–फूका अनुसार भूकम्पको धक्का ताइवानभरि नै महसुस गरिएको थियो । भूकम्पको महशुस मुख्यभूमि चीन, जापान, फिलिपिन्स र अन्य छिमेकी मुलुकमा समेत गरिएको थियो भने ती मुलुक र स्थानहरूमा सुनामी आउनसक्ने प्रारम्भिक चेतावनी ती मुलुकका मौसम पूर्वानुमान निकायले गरेका थिए ।

“सन् १९ को भूकम्पपछिको यो २५ वर्षयताकै सबैभन्दा शक्तिशाली भूकम्प हो,’ चिएन–फूले भन्नुभयो । अधिकारीहरूले आगामी तीन दिनमा भूकम्पको धक्का आउने सम्भावना रहेको बताएका छन् ।

सन् १९९९ मा मध्य ताइवानमा गएको भूकम्पमा परी करिब दुई हजार ४०० व्यक्तिको मृत्यु भएको थियो ।

ताइवानको रक्षा मन्त्रालयले दर्जनौँ उद्धारकर्तासहित कार्गो विमानहरू हुलियानमा पठाएको बताएको छ, जहाँ मानिसहरू पहाडमा कोरिएका मार्गहरूमा फसेका छन् ।

–जोखिम र सतर्कता–

भूकम्पको दृष्टिकोणले हेर्दा यो टापु दुई टेक्टोनिक प्लेट (दुई विवर्तनिक चट्टानको) सङ्गमनजिक अवस्थित छ र यहाँ सधैँ भूकम्पको जोखिम महशुस गरिन्छ ।

ताइवानको राजधानी ताइपेइमा ठूला ठूला भवनहरू बनाइएकाभएपनि शक्तिशाली भूकम्प सहन सक्ने गरी बनाइएका छन् । तरपनि मानिसहरू १० तल्लाभन्दा कम अग्ला संरचनाहरूमा बस्न रुचाउँछन् ।

न्यू ताइपेइ शहरका नगरप्रमुख होउ यु–इहले उद्धारकर्मीसँग प्रिन्टिङ प्रेस भत्किएको स्थलको सर्वेक्षण गर्नुका साथै भवनमा रहेका सबै ५७ जना बाहिर निस्केको र एक जना मात्र घाइते भएको सञ्चारमाध्यमसँगको संक्षिप्त कुराकानीमा बताउनुभयो ।

भत्किएको ठूलो भवन नजिकै बस्ने चाङले सन् १९९९ को भूकम्प आफूले भोगेको सबैभन्दा खराब भूकम्प भएको बताउनुभयो ।

उहाँले बुधबारको भूकम्पको धक्काबारे भन्नुभयो, “भूकम्प जाँदा अधिकांश मानिस सुतेका थिए तर म निदाएको थिइनँ त्यसैले मैले यसलाई सुरूदेखि नै स्पष्ट रूपमा महसुस गरेँं । यो धेरै शक्तिशाली थियो ।”
तर हुआलियनकी एक महिलाले आफूले धेरै भूकम्प व्यहोरेको बुधबारको भूकम्प लामो समयसम्म चलेकाले आफू ‘साँच्चै अत्तालिएकोे’ बताउनुभयो ।

उहाँले फेसबुकमा लेख्नुभएको छ, “मलाई भूकम्पको बानी परिसकेको छ तर पहिलो पटक म यति डराएकी थिएँ कि मेरो हात थररर काँपिरह््यो ।रासस

Chitwan Aaja चितवन आज
बुधबार, चैत २१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ
कुखुराका चल्लाले दुई वर्षपछि पाए लागत मूल्य
चितवनमा हुरीका कारण चार करोडभन्दा बढीको केरामा क्षति

ताजा समाचार

सबै

बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ

कुखुराका चल्लाले दुई वर्षपछि पाए लागत मूल्य

चितवनमा हुरीका कारण चार करोडभन्दा बढीको केरामा क्षति

त्रियुगा नदीमा झोलुङगे पुल निर्माण

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

७ हजार ८ सयले घटेपछि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

रेनु दाहालको चुनावी खर्च १४ लाख ६६ हजार ७ सय

कतारको ग्यास प्लान्टमा इरानद्वारा क्षेप्यास्त्र आक्रमण : विश्वव्यापी उर्जा आपुर्तिमा धक्का

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

रामेछाप प्रहरीले सुरु गर्‍यो सार्वजनिक सवारी चलाकको लापसे जाँच

आफ्नै पत्नीको खुट्टा काटेर पति फरार

‘पिकअप गाडी’ले साइकलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु, एक घाइते

उपत्यकाको ठूलो पर्व पाहाँ चर्‍हे जात्रा समापन

वन डढेलो रोक्न नवलपरासी पूर्वमा सचेतना सप्ताह सुरु

राजेश हमालको नाममा १२ लाख ७७ हजार भ्रष्टाचार, गाउँपालिका अध्यक्षसहित ४ जनाविरुद्ध मुद्दा

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • २.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ५.
    अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ६.
    चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.