नारायणगढ, १७ चैत
प्रथम आदिवासी जनजाति साँस्कृतिक तथा व्यापारिक महोत्सव–२०८० का लागि आज शनिबार चर्चित गायक रमेशराज भट्टराई र गायिका प्रीति आलेमगर आउँदैछन् ।
बहुला गायकको परिचय बनाउन सफल भट्टराई र प्रीति आलोबीच घम्साघम्सी दोहोरीसमेत प्रस्तुत हुने महोत्सवका साँस्कृतिक कार्यक्रम संयोजक ईश्वर रानामगरले जानकारी दिए ।
महोत्सवमा यसअघि नै अन्नु चौधरी, सम्झना लामिछाने मगर, रामजी खाँण, श्याम रानामगर, ज्योति मगर, एलिना चौहानलगायतका कलाकारहरूले प्रस्तुति दिइसकेका छन्। यही क्रममा भोलि आइतबार भने आधुनिक तथा चलचित्रका गीतमा ख्याति कमाएका गायक शिव परियार आउने आयोजकले जनाएको छ ।
साथमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल चितवन शाखाका कलाकारहरूको नियमित प्रस्तुति हुँदै आएको छ। कोहिनुर डान्स ग्रुप र स्थानीय कलाकारहरूको प्रस्तुतिले पनि महोत्सवको मञ्च तताइरहेको छ ।