Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, असोज ३१, २०८२
☰
Logo शुक्रबार, असोज ३१, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

बोस्टन कलेजले दियो ४२ लाखबराबरको छात्रवृत्ति, साथै आठ लाख रूपैयाँ बीउपुँजी प्रदान

विद्यालय खुले, पठनपाठन भोलिदेखि

लोकप्रिय समाचार

  • १. आज शुक्रबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

  • २. आज बुधबार कुन राशिका लागि शुभ? हेर्नुहोस् राशिफल

  • ३. हेर्नुस आज मिति २०८२ असाेज ३० गते बिहीवारको राशीफल,

  • ४. आज मंगलबार कुन राशीको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

  • ५. आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

  • ६. रत्ननगरमा दाना उद्योगको भित्ता भत्किँदा तीन मजदुरको मृत्यु, दुई घाइते

  • ७. जीवित रहेका बन्धकमध्ये एकमात्र नेपाली विपीन जोशी

  • ८. शिक्षा विकास तथा समन्वय इकाइ चितवनलाई प्याब्सन र हिसानको सहयोग

  • ९. ओमानमाथि शानदार जितसँगै नेपाल शीर्षस्थानमा

  • १०. शनिबार कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् राशिफल

भरतपुर अस्पतालमा सुधार : बिरामीको गुनासोलाई मध्यनजर गर्दै थप सेवासुविधा बढाउँदै अस्पताल

चितवन, ९ चैत
भरतपुर अस्पताल सुधारोन्मुख देखिएको छ । बिरामीलाई समयसापेक्ष गुणस्तरीय सेवासुविधा उपलब्ध गराउन थालेसँगै अस्पतालमा पछिल्लो केही समययता देखिने गरीका सुविधा थप भएको छ । अस्पतालबाट प्रदान भइरहेका सेवासुविधालाई स्तरोन्नतिसँगै केही नयाँ सेवासमेत थप गर्दै अगाडि बढिरहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा श्रीराम तिवारीले बताउनुभयो ।

गत कात्तिक २२ मा डा तिवारी मेसु भएर आएपछि भरतपुर अस्पतालले बिरामीको सुविधाका लागि अस्पतालमा सेवाको स्तरोन्नति गर्दै लगेको हो । बिरामीको चापलाई मध्यनजर गरेर अस्पतालको ओपिडी, सर्जरी, अन्तरङ्ग, प्रयोगशाला, आकस्मिकसहितका विभागमा सुधार ल्याएको डा तिवारीको भनाइ छ ।

“भरतपुर अस्पताल सुधारका लागि विधिविधान र प्रक्रियाको थालनी नै मेरो मुख्य लक्ष्य हो”, मेसु डा तिवारीले भन्नुभयो, “पहुँचका आधारमा नभई पद्धतिका आधारमा अस्पतालमा पसेर सेवा लिनसक्ने अवस्थाको सिर्जना गराउँदैछु ।”

बिरामीलाई सहज र चाँडै सेवा प्रदान गर्ने उद्देश्यसहित बिरामीको गुनासोलाई ख्याल गरेर सेवालाई प्रभावकारी बनाउँदै लागेको उहाँले बताउनुभयो । भरतपुर अस्पतालको सेवा सुधारका लागि अन्तरङ्गतर्फ विभिन्न शय्या, पूर्वाधार, उपकरणसहितका सेवासुविधा थप गरिएको डा तिवारीले बताउनुभयो ।

“अस्पताल आउने ज्येष्ठ नागरिकलाई सहज उपचारका लागि सात श्यया थप गरिएको छ”, उहाँले भन्नुभयोे, “ज्येष्ठ नागरिकको श्ययामा अन्य बिरामीलाई राखेर उपचार गर्दैनौँ, लक्षित वर्गको श्ययामा उहाँहरुले नै सेवा पाउनुहुनेछ ।” त्यसैगरी सघन उपचार कक्षमा चार श्यया थप गरी ३८ पु¥याइएको भन्दै डा तिवारीले पाँच श्ययाको एचडियु, तीन श्ययाको थालेसेमिया युनिट र बर्थिङ युनिटमा पाँच श्यया थपिएको बताउनुभयो । “बर्थिङ युनिटमा थप गरिएको श्ययामा गर्भवतीलाई राखेर प्राकृतिकरुपमा प्रसव गराउन सुरु गरेका छौँ”, उहाँले भन्नुभयो, “यस युनिटमा गर्भवतीको साथमा उहाँको पतिका साथै आफन्त राख्न पाइन्छ ।”

गत मङ्सिर २५ गते उद्घाटन गरिएको बर्थिङ युनिटबाट हालसम्म ९५ जनालाई प्राकृतिकरुपमा प्रसूति गराइएको अस्पतालका प्रवक्ता एवं वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा रामप्रसाद सापकोटाले बताउनुभयो । सापकोटाका अनुसार अस्पतालले थप गरेको पाँच श्ययाको बर्थिङ युनिटका कारण प्राकृतिकरुपमा बच्चा जन्माउने दरमासमेत वृद्धि भएको छ । पछिल्लो साढे चार महिनाको अवधिमा अस्पतालको सेवासुविधामा धेरै वृद्धि गरिएको भन्दै डा सापकोटाले सकेसम्म बिरामीलाई लाइनमुक्त सेवा दिने तरिकाले काम भइरहेको बताउनुभयो ।

अस्पतालले इन्डोर डिस्चार्ज काउन्टर सञ्चालन गरेर २४सै घण्टा वार्डबाट डिस्चार्ज गर्ने व्यवस्था गरेको, आकस्मिक कक्ष तथा भर्ना गरेर राखिएका बिरामीको रगत परीक्षणका लागि त्यहीँ रगत निकाल्ने र रिपोर्ट प्रदान गर्न सुरु गरिएको उल्लेख गर्दै प्रवक्ता डा सापकोटाले अस्पतालको सेवालाई बालमैत्री र अपाङ्गमैत्री बनाउँदै लगिएको बताउनुभयो ।

बीमाका बिरामी र अन्य बिरामीलाई प्रदान गरिने सेवा शुल्कमा एकरुपता प्रदान गरिएको, बिलिङ काउन्टर र ओपिडी टिकट काउन्टरसँगै राखिएको भन्दै बिरामीलाई सहज भएको उहाँको भनाइ छ । अस्पतालमा प्रतिदिन एक हजार पाँच सयभन्दा बढी बिरामीले ओपिडी टिकट काटेर स्वास्थ्य परीक्षण गर्ने गरेको डा सापकोटाले बताउनुभयो ।

अस्पतालमा एमआरआइ मेसिन र क्याथल्याब ल्याउन टेन्डर आह्वान भइसकेको भन्दै तिवारीले एमआरआइ मेसिन एक महिनाभित्र जडान हुने जानकारी दिनुभयो । “अस्पतालमा क्याथल्याब मेसिन आएपछि मुटुका बिरामीको सल्यक्रियासहित एनजिओग्राम (मुटुमा रगत लैजाने नसामा भएको समस्या पत्ता लगाउने), एनजिओप्लाष्टि (मुटुमा रगत लैजाने नसामा देखिएको समस्या तत्काल समाधान), मेसमेकर इनसर्सन–मुटुको धड्कन मिलाउने), पेरिकार्डियो सेन्टेसिस (मुटुको बाहिरी भागमा पानी जमेमा निकाल्ने विधि), दायाँ मुटु र बायाँ मुटु क्याथेटाराइजेन्जन लगायतका सेवा प्रदान गर्न सक्छौँ”, उहाँले भन्नुभयो, “अहिलेसम्म भरतपुर अस्पतालबाट मुटुको शल्यक्रिया भएको छैन, अब क्याथल्याब आएपछि मुटुसम्बन्धी समस्याको उपचारसमेत हामीले गर्न सक्छौँ ।”

भरतपुर सङ्घीय अस्पताल भएकाले निःसन्तानपन भएका दम्पतीका लागि इनफर्टिलिटी क्लिनिक सञ्चालनको तयारी भइरहेको प्रवक्ता डा सापकोटाले बताउनुभयो । त्यस्तै अस्पताललाई सरकारी मेडिकल कलेजका रुपमा विकास गर्ने मन्त्रिपरिषद्को निर्णयका आधारमा चिकित्साशास्त्र अध्ययन संस्थान (न्याम्स), चिकित्सा शिक्षा आयोग र स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी मेडिकल कलेजका रुपमा विकास गर्ने काम भइरहेको सापकोटाको भनाइ छ । अस्पतालले हाल विभिन्न चार वटा नर्सिङ कार्यक्रम सञ्चालन गरिहेको छ । उहाँले स्नातकतर्फका थप कार्यक्रमसमेत ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो ।

अस्पतालभित्र उत्पन्न हुने अस्पतालजन्य फोहर वर्गीकरणपछि निसङ्क्रमण गरी व्यवस्थापन सुरु गरिएको छ । यसबाट अस्पताललाई थप आम्दानीसमेत भइरहेको छ । अस्पतालमा अहिले हुने ओपिडी (अन्तरङ्ग) सेवातर्फको भीड नियन्त्रणका लागि आगामी असारबाटै सञ्चालनमा आउने गरी ११ कोठे नयाँ भवन निर्माणका लागि टेन्डर भएको उहाँको भनाइ छ ।

अस्पतालमा रहेका पुराना र जीर्ण भवन भत्काएर अस्पतालको सौन्दर्यलाई बढाउने गरी काम भइरहेको छ । प्रवक्ता डा सापकोटाले अस्पतालमा हरियाली पार्क बनाउने कामसमेत भइरहेको जानकारी दिनुभयो । अस्पतालमा अहिले दैनिक औसतमा ३० वटा शल्यक्रिया भइरहेको छ । बिरामीको सहजताका लागि सामान्य शल्यक्रिया, मध्यम शल्यक्रिया र जटिल शल्यक्रिया गरेर वर्गीकरण गरी काम गर्न सुरु गरिएको उहाँको भनाइ छ । -राष्ट्रिय समाचार समिति (रासस)

Chitwan Aaja चितवन आज
शुक्रबार, चैत ०९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
मलामी गएका युवा नारायणी नदीमा बेपत्ता
एमाले केन्द्रीय कमिटी बैठक: १४७ जना केन्द्रीय सदस्यको सुझाव
एघार मुलुकका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

ताजा समाचार

सबै

मलामी गएका युवा नारायणी नदीमा बेपत्ता

एमाले केन्द्रीय कमिटी बैठक: १४७ जना केन्द्रीय सदस्यको सुझाव

एघार मुलुकका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

चितवनमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

सहकारीपीडितको समस्या समाधानमा प्रधानमन्त्रीको पहल

सगरमाथाको पहिलो सफल आरोहण दलका सदस्य कान्छा शेर्पाको निधन

खोलामा डुबेर तीन बालिकाको मृत्यु

जाडो छल्न हिमालपारिबाट चितवन आउन थाले चरा

बाँसका भाँडाकुँडा बनाउने डोमजातिलाई भ्याइनभ्याई

चितवनमा फूल आयात रोक्न फ्लोरिकल्चर एसोसिएसन नेपाल चितवन शाखाको माग

जेनजीका माग पूरा गर्न सरकार अहोरात्र काम गरिरहेको सञ्चारमन्त्री खरेलको दाबी

फूलखेतीबाट एक याममा पाँच लाख बढी आम्दानी

प्रधानमन्त्रीको निष्कर्ष- निर्वाचन आयोगमा रिक्त पदाधिकारी नियुक्त गर्नुपर्ने देखियो

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

फरार १२२ कैदीबन्दी काठमाडौँबाट पक्राउ

मधेशका नवनियुक्त मुख्यमन्त्री सोनलले लिए शपथ

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

  • २.
    आज बुधबार कुन राशिका लागि शुभ? हेर्नुहोस् राशिफल

  • ३.
    हेर्नुस आज मिति २०८२ असाेज ३० गते बिहीवारको राशीफल,

  • ४.
    आज मंगलबार कुन राशीको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

  • ५.
    आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

  • ६.
    रत्ननगरमा दाना उद्योगको भित्ता भत्किँदा तीन मजदुरको मृत्यु, दुई घाइते

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech