Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बुधबार, चैत ११, २०८२
☰
Logo बुधबार, चैत ११, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

  • २. कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ३. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ४. आज बुधबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ५. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ६. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ७. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ८. मध्यपूर्व तनावको प्रत्यक्ष प्रभाव चितवनको सौराहा लगायतका पर्यटन क्षेत्रमा

  • ९. कम्बोडियामा अलपत्र परेका २० नेपालीको उद्धार गरी स्वदेश फर्काइयो

  • १०. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

प्रथम आदिवासी जनजाति साँस्कृतिक महोत्सव : तयार भयो आदिवासी जनजातिका गाउँ (तस्बिरसहित )

नारायणगढ, ८ चैत
नारायणी नदी किनारमा आदिवासी जनजातिको गाउँ तयार भएको छ। नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जिल्ला समन्वय परिषद् चितवनको आयोजनामा हुन लागेको ‘प्रथम आदिवासी जनजाति साँस्कृतिक तथा व्यापारिक महोत्सव–२०८०’ को आकर्षणका लागि उक्त गाउँ निर्माण गरिएको हो। नदी किनारमै बनाइएको गाउँमा चितवनका ११ वटा आदिवासी जनजाति समुदायको जातीय पहिचानसहितको गाउँ निर्माण गरिएको हो ।

नेफिन चितवनले पहिलोपटक महोत्सव आयोजना गर्न लागेको हो। महोत्सवमार्फत आदिवासी जनजाति समुदायको प्रचारप्रसारमा ठूलो योगदान पुग्ने तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष बिक्रम च्हम्रु तमूले बताए। जसरी भए पनि यो महोत्सवलाई सफल पार्न चितवनका आदिवासी जनजाति समुदाय डटेर लागी परेको उनले बताए ।

नदी किनारमा बनाइएको गाउँमा गुरूङ, दुरा, थारू, चेपाङ, भुजेल, कुमाल, राई, दराई, मगर, बोटे र तामाङ समुदायले घर बनाएका छन्। चितवन जिल्लामा १७ वटा आदिवासी जनजाति समुदाय संगठित भए पनि हाललाई ११ वटा जातिले घर निर्माण गरेर नारायणी नदी किनारमै आदिवासी जनजाति समुदायको साझा गाउँ बनाएको महोत्सव मूल आयोजक समितिका संयोजक महेन्द्र दुराले जानकारी दिए ।

‘यसपटक पहिलो प्रयास हो। आगामी दिनमा यो सङ्ख्या बढ्ने निश्चित छ,’ उनले भने। महोत्सव सुरू नहुँदै आदिवासी जनजाति समुदायको गाउँ प्रमुख आकर्षणको केन्द्र बनेको छ। आदिवासी जनजाति समुदायको परम्परागत घर निर्माण गरेपछि नारायणी नदी किनार पुग्ने सबैलाई आकर्षित गरेको छ ।

साँस्कृतिक घर निर्माण उपसमितिका संयोजक सञ्जय भुजेलका अनुसार सबै जातजातिले घर निर्माणको काम सकिसकेका छन्। ‘घर निर्माणको काम सकिएको छ,’ उनले भने, ‘एकै ठाउँमा सबै जातिको घर बन्दा संयुक्त गाउँ नै बनेको छ।’ सबै जातिले खर र बाँसको प्रयोगबाट घर बनाएका छन्। दुरा जातिले भने अरूको भन्दा भिन्न घर बनाएको छ। उनीहरूले लोप भइसकेको घुमाउने घर बनाएर सबैको ध्यान खिचेका छन् ।

मौलिक तथा परम्परागत घरले आदिवासी सबैको ध्यान खिचेको थारू कल्याणकारिणी सभा चितवनका उपसभापति पूर्ण चौधरीले जानकारी दिए। ‘हाम्रै समुदायमा पनि नयाँ पुस्ता यस्ता इतिहासबाट पर पुगिसकेका छौँ,’ उनले भने, ‘गैरजनजाति समुदायको लागि त नौलो हुने नै भइहाल्यो।’

महोत्सवको प्रवेशद्वार नजिकै बनाइएको मिनी चितवनमा प्रवेश गरिसकेपछि मौलिक घरमात्र नभई आदिवासी जनजाति समुदायले प्रयोग गर्ने सरसामान समेत राखिएको छ। यसले समग्रमा महोत्सवलाई नै आदिवासी जनजाति समुदायको साँस्कृतिक सङ्ग्रहालयको परिचय दिनेमा आयोजक समिति विश्वस्त छ। नेपालमै पहिलोपटक यो तहको महोत्सव आयोजना गरेर चितवनका आदिवासी जनजाति समुदायले इतिहास कायम गर्ने प्रयास गरिएको संविधानसभाका सदस्य एवम् नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले बताए ।

चैत १८ गतेसम्म चल्ने महोत्सवको उद्घाटन हुनुपूर्व चैत ९ गते बिहान नारायणगढको क्याम्पाचौरबाट झाँकीसहितको बृहत् र्‍याली निकालिने मूल आयोजक समितिका सहसंयोजक सागर कुमालले जानकारी दिए। त्यसका लागि जिल्लामा बसोबास गर्ने सम्पूर्ण आदिवासी जनजाति समुदायलाई पत्राचार गरिसकेको उनले बताए ।

हेर्नुहोस् तस्बिर:

Chitwan Aaja चितवन आज
बिहिबार, चैत ०८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
ठमेलबाट यौनधन्दा सञ्चालन गर्ने २० विदेशी महिला पक्राउ
इटहरी आगलागी, ३५ लाख बढी क्षतिको अनुमान
जनताले प्रकट गरेको स्वतन्त्रता, सामाजिक न्याय र समृद्धिका लागि एकजुट भएर काम गर्नुपर्छः राष्ट्रपति

ताजा समाचार

सबै

ठमेलबाट यौनधन्दा सञ्चालन गर्ने २० विदेशी महिला पक्राउ

इटहरी आगलागी, ३५ लाख बढी क्षतिको अनुमान

जनताले प्रकट गरेको स्वतन्त्रता, सामाजिक न्याय र समृद्धिका लागि एकजुट भएर काम गर्नुपर्छः राष्ट्रपति

उज्यालो नेपाल पार्टीले अब सडकबाट सरकार चलाउने छः कुलमान घिसिङ

इटहरीको पूर्वाञ्चल क्याफेमा आगलागी

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ

तोरीबारीमा बसेर डिनर खाने पर्यटकीय गन्तब्य बन्दै चीन

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने

एकैदिन १४ हजार ६०० ले बढ्यो सुनको मूल्य

बाख्रीको मासुलाई खसी भन्दै बिक्री गर्ने तीन व्यापारी पक्राउ

चौध वर्षमुनिका २७ जनामा क्षयरोग

आज बुधबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा सानिमा रिलायन्स लाईफको रक्तदान कार्यक्रम सम्पन्न

सिंहदरबारबाट बिदा भइन् प्रधानमन्त्री कार्की, निजी निवासमा सारियो सामान

हुम्लामा गोठभित्र पसेर चितुवाले मा-र्‍यो ४५ भेडा

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि कुकुरको प्रयोग

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

  • २.
    कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ३.
    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ४.
    आज बुधबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ५.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ६.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.