भरतपुर, २२ फागुन
भरतपुर महानगरपालिका १५ स्थित स्याङ्जाली चोकको भित्री सडकमा मोटरसाइकल एकापसमा ठोक्किँदा तीनजना घाइते भएका छन् । घाइते हुनेहरुमा भरतपुर महानगरपालिका वडा नं-२३ बस्ने २५ वर्षीय लोकबहादुर थापा, सोही ठाउँ बस्ने ७९ वर्षीय बलबहादुर थापामगर र भरतपुर-१५ बस्ने ६८ वर्षीय खिलराज रेग्मी रहेका छन् ।
बागमती प्रदेश ०३-००३प ७३२९ नम्बरको मोटरसाइकल र ना १९ प २५४७ नम्बरको मोटरसाइकल र ना १९ प २५४७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका हुन् ।
घाइते तीनैजना मोटरसाइकल चालक र पछाडीसवार व्यक्तिहरु हुन् । उनीहरुको अहिले पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
बलबहादुर थापा मगरको अवस्था भने गम्भीर रहेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार दुवै मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।