Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बिहिबार, चैत ०५, २०८२
☰
Logo बिहिबार, चैत ०५, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ४. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ६. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ७. ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

  • ८. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

  • ९. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • १०. काठमाडौंको खाली जग्गामा भेटियो पुरुषको शव

भरतपुर भ्रमण वर्ष : उत्साहजनक उपस्थितिले भरतपुरको मात्रै नभई यो देशकै पर्यटक वर्ष जस्तो बन्यो

चितवन, २० फागुन
भरतपुर भ्रमण वर्ष आयोजना गर्ने चर्चा चलिरहँदा धेरैले यसलाई हाँसोको विषय बनाएका थिए । कतिपयले भरतपुर नगर प्रमुख रेनु दाहालको व्यक्तिगत कार्यक्रमका रुपमा पनि व्याख्या गरे । जब उद्घाटनको दिन भरतपुरका टोलटोलबाट स्वतःस्फूर्त रुपमा नगरका सर्वसाधारण कार्यक्रममा ओइरिए यो कार्यक्रम जनताबाट अनमोदित भयो । यति मात्रै होइन देशका प्रमुख दलका शीर्ष नेताहरु उद्घाटन समारोहमा सहभागी भएर आर्थिक उन्नयनको विषयलाई राजनीतिक रुपमा पनि अनुमोदन गरे ।

सरकार र विपक्षमा रहेका प्रमुख दलका नेताहरु एउटै मञ्चमा उभिएर आकाशमासँगै बेलुन उडाएर सार्वजनिक सरोकारका विषयमा हामीसँगसँगै छौँ भन्ने सन्देश प्रवाह गरेका छन् । एउटै मञ्चमा बसेर नेताहरुले राजनीतिलाई परै राखेर आर्थिक उन्नयनका मुद्दालाई केन्द्रमा राखेर सम्बोधन गर्नु महोत्सवको अर्को महत्वपूर्ण पाटो बन्यो । सबै नेताहरुको सम्बोधनको मुख्य विषय पर्यटन क्षेत्रको विकास र यहाँका पर्यटकीय स्थलहरुको संरक्षण गरेर आर्थिक उपार्जनको बाटोमा लाग्न अभिप्रेरित गर्नु महत्वपूर्ण थियो । भरतपुर महानगरपालिकाले आयोजना गरेको ‘भरतपुर भ्रमण वर्ष २०२४’ केवल भरतपुरको मात्रै रहेन यो देशकै पर्यटक वर्ष जस्तो बन्यो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टी (एस) का अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत शीर्ष नेताहरुको उपस्थितिमा भएको महोत्सव उद्घाटन समारोह सभ्य एवं भव्य रह्योे । प्रदेश प्रमुखहरु, मुख्यमन्त्री, सङ्घीय र प्रदेश सरकारका मन्त्री, विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुख, विदेशी पालिकाका प्रमुखसमेतको उपस्थिति रहेको कार्यक्रमबाट चितवनबासी उत्साहित भए । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल, उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवाललगायत निजी क्षेत्रका उद्योग–व्यापार संस्थाका शीर्ष नेतृत्वले आर्थिक विकास र रोजगारी सृजनाका निम्ति कम्मर कसेर काम गर्न आफ्ना सहयोद्धाहरूलाई गरेका थिए ।

भरतपुरका विभिन्न भागबाट नारायणी किनारमा प्रस्तुत झाँकीले आफैमा विविधतामा एकताको सन्देश प्रवाह गरिरहेका थिए । आआफ्नै कला, संस्कृति झल्किने झाँकी टोलटोलबाट निस्केर नारायणी किनार पुगेका थिए । विविध झाँकीका दृश्यले लाग्थ्यो भरतपुरका प्रत्येक घरमा चाडपर्व मनाईरहेका छन् । भरतपुरका टोलटोल फूलका गमलाले सजिएका थिए ।

नेकपा एमालेका नेता विजय सुवेदी भरतपुरको यो कार्यक्रमको सहभागितालाई ऐतिहासिक भन्नुहुन्छ । महानगरप्रमुख पदका प्रत्यासि रहनु भएका सुवेदीले सबैले महानगरको समृद्धिका लागि हातेमालो गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “दल विशेष नभनी यहाँको आर्थिक विकासका लागि सबै एक ठाउँमा उभिएको पाइयो ।” पक्ष–विपक्षी सबै शीर्ष नेता यही आएपछि भरतपुरबासीले यसलाई साझा कार्यक्रम बनाएको उहाँ बताउनुहुन्छ । महानगरपालिकाले स्थानीयदेखि केन्द्रसम्म समन्वय गरेर भ्रमण वर्षका माध्यमबाट सकारात्मक सन्देश प्रवाह गरेको उहाँको ठम्म्याइ छ ।

नेपाली कांग्रेसका नेता प्रा.डा.सूर्यकान्त घिमिरे उद्घाटन सत्रको उपस्थितिले नयाँ सन्देश प्रवाह गरेको बताउनुहुन्छ । सबै दलका नेता तथा कार्यकर्ता एक ठाउँमा उभिएर महानगरको यो अभियानलाई साथ दिएको भन्दै उहाँले अबका दिनमा महानगरप्रति पनि थप जिम्मेवारी थपिएको बताउनुभयो । उहाँले भन्नुभयो “भरतपुरका अधुरा काम जतिसक्दो छिटो सम्पन्न गरेर ‘भरतपुर राम्रो बनेको छ’ भन्ने सन्देश दिनुपर्छ ।”

आर्थिक मन्दीको समयमा सर्वसाधारणको उपस्थितिले अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुगेको भन्दै उहाँले महानगरको उद्देश्य पूर्ति भएको बताउनुभयो । भ्रमण वर्षका सन्दर्भमा आयोजना गरिने आगामी कार्यक्रम थप प्रभावकारी बनाउनु पर्नेमा उहाँले सुझाव दिनुभयो ।

नेपालका कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता तथा वरिष्ठ चिकित्सक भोजराज अधिकारी पालिकास्तरको कार्यक्रम भएपनि राष्ट्रिय गौरवको उचाई राख्ने कार्यक्रम बनेको बताउनुहुन्छ । उहाँले भन्नुभयो “असल योजना नै ५० प्रतिशत सफल हो, यो कार्यक्रम ५० प्रतिशत सफल भइसकेको छ । अब बाँकी काम गरेर भ्रमण वर्षलाई सफल बनाउनुपर्छ ।”

महानगरपालिकाको समन्वयकारी भूमिका अत्यन्त महत्वपूर्ण भएको भन्दै उहाँले सबै तह र तप्कालाई जोड्न सक्ने खुबी नेतृत्वमा हुनुले पनि कार्यक्रम सफल भएको बताउनुभयो ।

महानगरप्रमुख दाहालको प्रशंसा गर्दै उहाँले आउँदो दिनमा बन्ने नेतृत्व र देशका अन्य पालिकाका नेतृत्वहरुका लागि पनि उदाहरणीय काम भएको बताउनुभयो । यो कार्यक्रमले देश मात्रै होइन, विदेशसम्म पनि सकारात्मक सन्देश प्रवाह गरेको छ । कार्यक्रममा युरोपेली मुलुक माल्टाका प्रतिनिधिको उपस्थितिले अन्तर्राष्ट्रिय जगत्मा पनि चितवनको पर्यटन विकासमा सकारात्मक सन्देश प्रवाह भएको छ ।

कोरोना महामारी र आर्थिक मन्दीले सुस्ताएको पर्यटन क्षेत्रलाई चलायमान बनाउन आयोजना गरिएको भ्रमण वर्षले सकारात्मक परिणाम दिनेमा आम भरतपुरवासी विश्वस्त छन् । भरतपुर भ्रमण वर्ष भनिए पनि यसको प्रत्यक्ष लाभ चितवन र छिमेकी जिल्लाका पर्यटकीय क्षेत्रमा पर्नेछ । राजनीतिक नेतृत्व राजनीतिक मतभेद भएपनि देश विकासका आर्थिक योजना र राष्ट्रिय महत्वका काममा सहकार्य गर्न तत्पर छन् भन्ने सन्देश प्रवाह गर्न भरतपुर भ्रमण वर्षको उद्घाटनसत्र सफल भएको छ । -राष्ट्रिय समाचार समिति (रासस)

Chitwan Aaja चितवन आज
आइतबार, फागुन २०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
रामेछाप प्रहरीले सुरु गर्‍यो सार्वजनिक सवारी चलाकको लापसे जाँच
आफ्नै पत्नीको खुट्टा काटेर पति फरार
‘पिकअप गाडी’ले साइकलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु, एक घाइते

ताजा समाचार

सबै

रामेछाप प्रहरीले सुरु गर्‍यो सार्वजनिक सवारी चलाकको लापसे जाँच

आफ्नै पत्नीको खुट्टा काटेर पति फरार

‘पिकअप गाडी’ले साइकलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु, एक घाइते

उपत्यकाको ठूलो पर्व पाहाँ चर्‍हे जात्रा समापन

वन डढेलो रोक्न नवलपरासी पूर्वमा सचेतना सप्ताह सुरु

राजेश हमालको नाममा १२ लाख ७७ हजार भ्रष्टाचार, गाउँपालिका अध्यक्षसहित ४ जनाविरुद्ध मुद्दा

मोटरसाइकल चालकमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ

पाकिस्तानमा वर्षाका कारण १७ जनाको मृत्यु, ३० घाइते

‘हात्तीवन-चम्पादेवी’ पदमार्गमा पर्यटकको आकर्षण बढ्दै

सर्लाहीमा स्कुल बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु

जेनजी आन्दोलनमा क्षति पुगेका बागमती प्रदेशका भौतिक संरचनाको मर्मत अन्तिम चरणमा

चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान

चितवन राष्ट्रिय निकुञ्जमा हुर्काइएका घडियाल गोहीलाई राप्ती नदीमा छोडियो

चितवनमा गौरीबहादुर कार्की आयोग गठित छानबिन आयोग प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग राख्दै जेन्जी समूह

शपथ हुने छाँटकाँट देखिएन, किताब बेच्छु, गाह्रो पिरो नमान्नुहोलाः महावीर पुन

बन्दीपुरमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ४.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५.
    चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ६.
    अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.