-माधव सापकोटा
फागुन १९, चितवन
वैदिक धर्म परिषद् चितवनको २५ औं साधारण सभा तथा ५औं अधिवेशन आज सम्पन्न भएको छ। परिषद्को जिल्ला कार्यालय भरतपुर -४ लंकुस्थित लक्ष्मीवैकुण्ठनाथ मन्दिरमा भएको अधिवेशनले प्रताप कंडेलको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ ।
यस्तै, उपाध्यक्षमा जगन्नाथ कंडेल, विष्णुप्रिया सापकोटा, सचिवमा श्रीलाल अधिकारी, कोषाध्यक्षमा राजु सापकोटा, सह- सचिवमा भानुभक्त कंडेल, सदस्यमा कमलनयन कंडेल, मनहर्क बगाले, तुलसी निउरे, लीला कंडेल, कृष्णकला अर्याल, चन्द्रप्रसाद ढकाल, पीताम्बर सुवेदी, विश्वनिधि अर्याल , सीता गौतम चयन हुनुभएको छ ।
अधिवेशनले ध्रुवराज शर्मा अर्याल, डा. गोपीनाथ कंडेल , कृष्णप्रसाद निउरे, हरिप्रसाद कंडेल , गोपालप्रसाद कंडेल र लक्ष्मीप्रसाद पराजुलीलाई केन्द्रीय प्रतिनिधि चयन गरेको छ । परिषद्का निवर्तमान कोषाध्यक्ष ईश्वरी काफ्लेले आर्थिक प्रतिवेदन पेस गर्नुभएको कार्यक्रममा परिषद्का केन्द्रीय सह- सचिव हरिप्रसाद कंडेल, प्राज्ञिक विद्यार्थी परिषद्का केन्द्रीय अध्यक्ष डा. गोपीनाथ कंडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
परिषद्का पूर्व केन्द्रीय अध्यक्ष स्वामी जगन्नाथाचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रम निवर्तमान कार्यवाहक अध्यक्ष कृष्णप्रसाद निउरेको सभापतित्वमा सम्पन्न भएको थियो ।