काठमाडाैं, १३ फागुन
आईसीसी विश्वकप लिग २ मा नेदरल्याण्ड्सविरुद्ध कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन् ।
अरू खेलाडीले साथ नदिए पनि ओपनर भुर्तेलले ७८ बलमा अर्धशतक प्रहार गरेका हुन् । उनले ५ चौकाको मद्दतमा अर्धशतक बनाएका हुन् ।
नेपालका लागि आशिफ शेखले १७, रोहित पौडेलले १६, अनिल साह ७ र कुशल मल्ल २ रन बनाएर आउट भएका छन् ।
नेपालले ३४ ओभरमा ६ विकेट गुमाएर ११० रन बनाएको छ ।