भारत, १२ फागुन
भारतको उत्तर प्रदेशमा ट्र्याक्टर दुर्घटना हुँदा १५ जनाको ज्यान गएको छ । उत्तर प्रदेशको कासगंज जिल्लामा शनिबार बिहान दुर्घटना भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
ट्रलीसहितको ट्र्याक्टर तलाउमा खसेको हो । दुर्घटनामा सात बालबालिकासहित आठ श्रद्धालु महिलाको ज्यान गएको अमर उजालाले जनाएको छ ।
दुर्घटनामा केही घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको समाचारमा उल्लेख छ ।