काठमाडौँ, ८ फागुन
नेपालको ‘ए’ टोलीले मंगलबार खेलिएको दोस्रो एकदिवसीय क्रिकेट प्रतियोगितामा क्यानडा-११ लाई दुई विकेटले हराएको छ ।
जितसँगै नेपाल ‘ए’ ले तीन खेलको शृंखलालाई १-१ को बराबरीमा ल्याएको छ । पहिलो खेलमा क्यानडा-११ चार विकेटले विजयी भएको थियो ।
शृंखलाको तेस्रो तथा अन्तिम खेल बिहीबार खेलिने छ ।