मकवानपुर, २४ माघ
मनहरी गाउँपालिका-७ रमौली बस्ने ४५ वर्षीय जगत बहादुर प्रजा पक्राउ परेका छन् । अवैध लागूऔषध गाँजा ६४ किलोसहित उनी मंगलबार राति प्रहरीले पक्राउ परेका हुन् ।
ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले प्रजाको घर नजिक मलराख्ने खाल्डोमा लुकाइ छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
                              
                                                            
        
        
        
        
        
        
        
        
        
   
   
   
                                                                                                         
   
                                                                     
   
   
   
   
   
   
   
   
                                                      
                                                      
                                                      
 
           
   
   
   
 
           
 
           
 
           
 
           
   
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           













