चितवन, १८ माघ
दश किलो गाँजासहित २७ वर्षीय युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा नगरपालिका–३ बस्तीपुर घर भएका पवन गिरी रहेका छन् ।
इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरेको हो ।
उनको साथबाट दुईवटा झोलाभित्र पाँच किलोका दरले राखिएको गाँजा बरामद गरिएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।