भरतपुर, १५ माघ
भरतपुर-४ रामघाटमा बोलेरो गाडीले ठक्कर दिँदा बिजुलीको पोल भाँचिएको छ ।
शिबघाटबाट नारायणगढ तर्फ आउँदै गरेको भारतिय BR05PB5667 नम्बरको बोलेरो गाडी अनियन्त्रित हुँदा सडकको बिजुलीको पोल भाँचिएको हो ।
गाडी चालक भारतको बिहार अदापुर बस्ने १८ वर्षीय निरज कुमार दास रहेका छन् । चालक र गाडी दुवैलाई प्रहरीले नियन्त्रमा लिएको छ ।
उक्त दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।