भरतपुर, माघ १४
डन एकाडेमीमा सञ्चालन भएको फुटबल प्रतियोगितामा वाल्मीकि स्कुल प्रथम भएको छ।
भरतपुर महानगरपालिका वडा नं ९ मा रहेको डन एकाडेमीमा शुक्रबारदेखि विद्यालय स्तरीय फुटबल प्रतियोगिता भएको थियो। प्रतियोगितामा महानगरपालिका भित्र रहेका ३२ वटा विद्यालयको सहभागिता रहेको थियो ।
खेलकुदका माध्यमबाट विद्यालयहरु बीचको सम्बन्धी विस्तार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिको फाइनलमा स्टेप बाइ स्टेप र वाल्मीकि स्कुल पुगेको थियो। खेल पेनाल्टीमा वाल्मिकिले जितेको थियो।
गेमको प्रमुख अतिथि भरतपुर ९ का वाड अध्यक्ष यललाल कंडेल, विशिष्ट अतिथि एन्फा चितवनका अध्यक्ष कृष्ण अधिकारी र अतिथिहरुमा बिध्यालय ब्यवस्थापन समितिका अध्यक्ष मनोज बिष्ट, बाल्मिकिका प्राचार्यको उपस्थिती रहेको थियो।
प्रतियोगिताको उद्घाटन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोज विष्ट, बाल्मिकिका प्राचार्य लगाएतको उपस्थिती रहेको थियो।
प्रतियोगितामा प्रथम र द्धितीय हुने टिमले मेडल,ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिता अन्तर्गत विभिन्न पाँच विधामा खेलाडीहरुलाई सम्मान पनि गरेको विद्यालयकी प्राचार्य संगिता ओस्ती विष्टले बताइन् ।