मियामी, १४ माघ
विश्वको सबैभन्दा ठूलो क्रूज जहाज आफ्नो पहिलो यात्रामा निस्किएको छ । अमेरिकाको फ्लोरिडास्थित मियामीमा आइतबार यसको उद्घाटन गरिएको हो ।
‘आइकन अफ द सीज’ नामको यो क्रुज जहाज ३६५ मिटर (१,१९७ फिट) लामो छ। यसमा २० डेक छन् र ७,६०० यात्रुले एकैसाथ यात्रा गर्न सक्छन् । यो क्रुज रोयल क्यारिबियन समूहको हो। आफ्नो पहिलो यात्राको क्रममा क्रूज जहाजले सात दिनको यात्रा पूरा गर्नेछ।
यो जहाजमा सातवटा स्विमिङ पुल छन्। यसबाहेक यसमा ६ वाटरस्लाइड, ४० रेस्टुरेन्ट, बार र लाउन्ज छन्। जहाजमा सेन्ट्रल पार्क नामको एउटा सानो पार्क पनि छ जसमा वास्तविक रूखहरू र बिरुवाहरू रोपिएका छन्। यस पार्कमाथि पौडी खेल्नेको मूर्ति स्थापना गरिएको छ ।
तर, वातावरणविद्हरूले यो जहाजको विरोध गरिरहेका छन् । एलएनजीमा चल्ने यो जहाजले समुद्रमा ठूलो मात्रामा मिथेन उत्सर्जन गर्ने उनको भनाइ छ ।
जहाजमा प्रयोग हुने परम्परागत समुद्री इन्धनको तुलनामा, एलएनजी राम्रो र कम प्रदुषणकारी भए पनि यसमा चुहावट हुने खतरा हुन्छ। तर रोयल क्यारेबियन समूहका प्रवक्ताले आधुनिक जहाजको अन्तर्राष्ट्रिय सामुद्रिक मापदण्डअनुसार यो जहाजले २४ प्रतिशत कम ग्यास उत्सर्जन गर्ने बताएका छन् । एजेन्सी