भरतपुर । भरतपुर महानगरपालिका–२७ मा वडास्तरीय युवा क्लब गठन गरिएको छ ।
भरतपुर २७ का वडाअध्यक्ष राम बहादुर भण्डारी को संरक्षकत्वमा युवा क्लब गठन गरिएको हो ।
उक्त क्लबको अध्यक्षमा सफल भट्ट चयन भएका छन् । क्लबको उपाध्यक्षमा सृष्टि आचार्य , सचिवमा जेनिशा साप्कोटा र कोषाध्यक्षमा सितल अर्याल चयन भएका हुन् । सदस्यहरुमा सचिन चापागाई , विकेश आचार्य , सुवास सुवेदि , देवि केशी , गगन अधिकारी , सुर्य बहादुर के सि , निराजन बोगटि , नशीव गुरुङ र गगन केसि रहेका छन् । महानगर युवा क्लब सन्जाल सदस्यको लागि भरतपुर २७ बाट सचिन चापागई र विकेश आचार्यलाई पठाउने निर्णय गरिएको छ ।