भरतपुर, २ माघ
भरतपुर महानगरपालिका–११ मा वडास्तरीय युवा क्लब गठन गरिएको छ । भरतपुर ११ का वडाअध्यक्ष कमलबहादुर मल्लको संरक्षकत्वमा युवा क्लब गठन गरिएको हो ।
उक्त क्लबको अध्यक्षमा अस्मिता रेग्मी चयन भएकी छन् । क्लबको उपाध्यक्षमा आशिष अधिकारी, सचिवमा कैलाश अधिकारी, सह–सचिवमा विनिता रेग्मी र कोषाध्यक्षमा विरबहादुर गुरुङ चयन भएका हुन् ।
सदस्यहरुमा समिर कुमाल, अनुज श्रेष्ठ, युकेश गुरुङ, स्मृति दवाडी, आइसा खड्का, कृपा लामा, सन्तोष गुरुङ, सुसन परियार, इन्द्रमाया तामाङ र रेनु गुरुङ रहेका छन् ।
महानगर युवाक्लब सन्जाल सदस्यको लागी भरतपुर ११ बाट वडास्तरीय युवा क्लबकी अध्यक्ष अस्मिता र विरबहादुर गुरुङलाई पठाउने निर्णय गरिएको छ ।