काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेटका लागि नेपाली टोली घोषणा गरिएको छ ।
बिहीबार साँझ क्यानले दक्षिण अफ्रिकामा हुने विश्वकपका लागि देव खनालको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेको हो ।
टिममा गुल्सन झा पनि समावेश छन् ।
टिममा कप्तान खनालसहित अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुल्सन झा, दिपेश कँडेल, विशाल विक्रम केसी, सुवाश भण्डारी, दीपक दोहरा, दिपक बोहरा, उत्तम थापा मगर, विपिन रावल तिलकराज भण्डारी र आकाश चन्द छन् ।