काठमाडौँ, २७ मङ्सिर
भारतको संसद बैठकमा सुरक्षासम्बन्धी लापरबाही प्रकाशमा आएको छ । बुधबार लोकसभा बैठक जारी रहेको समयमा दुई अज्ञात व्यक्ति एक्कासी बैठक कक्षमा प्रवेश गरेपछि बैठक स्थगित गरिएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरु दर्शक बस्ने कक्षबाट बैठक कक्षमा हामफालेर प्रवेश गरेका थिए । उनीहरुलाई सांसदहरु र सुरक्षाकर्मीको संयुक्त प्रयासमा नियन्त्रणमा लिइएको बताइएको छ ।
कांग्रेस आईका सांसद अधीर रन्जन चौधरीका अनुसार दुई युवक ग्यालरीबाट हामफालेर बैठक कक्षमा प्रवेश गरे, उनीहरुले केही फ्याँकेका थिए, जसबाट ग्याँस निस्किएको थियो । -एजेन्सी