Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, पुष २९, २०८२
☰
Logo मङ्गलबार, पुष २९, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

भ्याली स्टेट कलेजमा वित्तीय साक्षरता तथा आईटी सचेतना कार्यक्रम आयोजना हुँदै

लक्ष्मीवैकुण्ठनाथ मन्दिर एवम् गुरुकुलको साधारण सभा तथा अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

  • २. हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • ३. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ४. चितवन २ मा रवि लामिछानेसँग भिड्न एमाले नेता राम कार्की तयार

  • ५. युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

  • ६. नवलपुरमा बसभित्रै डिजिटल प्रविधि तालिम, २० जना युवाको सहभागिता

  • ७. चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा नौ गैँडाको मृत्यु

  • ८. इरानमा सरकारविरोधी आन्दोलन चर्कियो : सडकमा राजतन्त्रको नारा, खामेनीले भने- विदेशी षड्यन्त्र

  • ९. माघ ३ गतेदेखि आचारसंहिता लागू हुँदै

  • १०. काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम

लालमणी चौधरी : जसको नेतृत्वले खैरहनी निरन्तर उत्कृष्ट बन्यो

खैरहनी, २७ वैशाख-

सरकारी जागिर खाएको भए सहसचिव, सचिव भएर अहिले अवकास हुने वेला हुन्थ्यो । संगै पढेका साथीहरु सरकारी जागिरपछि अवकास पनि भईसके । तर लालमणी चौधरीलाई जागिर भन्दा पनि राजनीतिबाट समाजका लागि केही काम गर्छु भन्ने लाग्यो ।
रामपुर कृषि क्याम्पसमा पढ्दै गर्दा एमालेका नेताहरु भरत भण्डारी र मुकुन्द दाहाल रामपुर पुगेर चौधरीलाई स्थानीय निकायको निर्वाचनमा उम्मेदवार वन्न प्रस्ताव गरे । सुरुमा आनाकानी गरेका चौधरीले अन्ततः निर्वाचन लड्ने निधो गरे, अनि २०४९ को निर्वाचन लडे ।
निर्वाचनमा उनी पराजीत हुन पुगे । पराजीत हुँदा कतिपनि विचलित भएनन् । पदमा नरहँदा पनि उनी निरन्तर सामाजिक काममा सलग्न भईरहे । अग्रज नेताहरुको सल्लाह अनुसार निर्वाचन लडे । पहिलो पटकनै पराजीत भए । चौधरी पहिलेका दिन सम्झदै भन्छन्, ‘सरकारी जागिरमा लागेको भए माथिल्लो तहमा पुग्थे होला । तर समाजका लागि केही गर्छु भनेर राजनीतिमा होमिए ।

२०५४ सालको स्थानीय निकायको निर्वाचनमा तत्कालिन खैरहनी गाविस अध्यक्ष पदमा उठ्न उनलाई प्रस्ताव आयो । प्रस्तावलाई सहर्ष स्वीकार गरेर उनी निर्वाचनमा होमिए । त्यो निर्वाचनमा उनी एमालेबाट फराकिलो मतान्तरले विजयी भए । तत्कालिन द्धन्द्धकालको समयमा उनले पाँच वर्षे कार्यकाल सफल रुपमा पुरा गरे । कार्यकाल सकिएपछि उनी विभिन्न सामाजिक काममा लागे । चौधरी पर्सा खानेपानीको अध्यक्ष, खैरहनी मावि व्यवस्थापन समिति अध्यक्ष भएर काम गरे ।
त्यसपछि संविधान सभाको निर्वाचनमा चितवन क्षेत्र नम्वर १ बाट सांसदका लागि प्रस्ताव आयो । त्यो प्रस्तावलाई पनि ग्रहण गर्दै चौधरी संघीय निर्वाचनमा लडे । त्यो बेला पनि उनी सानदारका साथ विजयी भए । द्धन्द्धकालिन समय भएपनि उनी चितवनका तत्कालिन पाँच निर्वाचन क्षेत्र मध्ये एमालेबाट निर्वाचित हुने एक जनप्रतिनिधी भए । तत्कालिन नारायणी अञ्चलमा एमालेबाट चौधरी सहित अर्का एक जना निर्वाचित भएका थिए । सांसद भएपछि संविधान निर्माणमा उनको ध्यान केन्द्रित रह्यो । जातिय राज्य हुनु हुदैन भन्ने सवालमा उनले जोडदार आवाज उठाए, अन्ततः उनी सफल पनि भए ।

गाविस अध्यक्ष, संघीय सांसद भईसकेका उनले २०७० सालमा भएको निर्वाचन आर्थिक समिति संयोजक भएर सुरेन्द्र पाण्डेलाई निर्वाचन जिताउने अभियानमा लागे । त्यो बेला पाण्डे भारी मतान्तरले पहिलो पटक सांसदमा निर्वाचित भए ।
सांसद भईसकेका चौधरीले २०७४ को स्थानीय तह निर्वाचनमा नगर प्रमुखको टिकट पाए । त्यो निर्वाचनमा आफुलाई यो जिम्मेवारी आउँछ भन्ने थाहा नै थिएन । तर पार्टीले टिकट दिएपछि उनी नगर प्रमुखका उम्मेदवार भए । निर्वाचनमा लागे । नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र चौधरीलाई उनले पराजीत गरेर उनी खैरहनीको पहिलो नगर प्रमुख बने ।

नगर प्रमुखको जिम्मेवारी सम्हाल्दा न्युन स्रोत साधन र कम जनशक्ति थियो । नगरपालिका सञ्चालन गर्न चुनौती थियो । तर संविधानले दिएको अधिकार प्रयोग गर्दै नगर प्रमुख बनेका चौधरीले करदेखी कर्मचारी व्यवस्थापन, कार्यालय व्यवस्थापनलाई प्राथमिकता दिएर अघि बढे । उनको नेतृत्वले नगरपालिका सम्हाल्दा झण्डै ९६ लाख रुपैयाँ मात्र वार्षिक आम्दानी थियो । कर वृद्धी र दायरा वढाउने काम गरेर उनले आन्तरीक आम्दानीलाई ह्वात्तै बढाउने काम गरे । अहिले खैरहनी नगरपालिका आन्तरीक आम्दानीमा चितवनकै सर्वाधिक आम्दानी गर्ने नगर बनेको छ ।
फुच्चे नगरपालिका चार पटक उत्कृष्ट
साविकको खैरहनी, चैनपुर, कुमरोज र कठार गाविसलाई एकठाउँ ल्याएर बनाइएको यो नगरपालिका क्षेत्रफलका हिसाबले जिल्लाकै ’फुच्चे’ स्थानीय तह हो । ८५.५७ वर्ग किलोमिटर मात्रै क्षेत्रफल ओगटेर नगरपालिका बन्दा यहाँ न प्रशासन चलाउने संरचना थियो, न गाभिएका गाविसहरू सँग पर्याप्त स्रोत नै थिए ।
अधिकांश मानिस कृषिमा आधारित भए पनि व्यावसायिक कृषि नगन्य थियो । थारू समुदायको बसोबास बढी रहेको यस क्षेत्रमा शिक्षा, स्वास्थ्यको अवस्था कमजोर थियो । उद्योग, पर्यटन लगायत क्षेत्रले प्रचुर सम्भावना भएर पनि गति लिन सकिरहेका थिएनन् । २०७४ सालमा स्थानीय तहको निर्वाचन भएपछि भने खैरहनी नगरपालिकाले विकासको गति लियो ।

निर्वाचित भएर आएका जनप्रतिनिधिको परिपक्व कामले खैरहनी जिल्लामा मात्रै नभएर देशमै उत्कृष्ट नगरपालिका बन्न सफल भएको स्थानीय बताउँछन् । नगर प्रमुख चौधरीको नेतृत्वमा रहेको खैरहनी नगरपालिकाले वितेको पाँच वर्षमा स्थानीय तह सस्थागत क्षमता विकास स्वमुल्यांकनमा देशभरकै उत्कृष्ट बन्दा चितवन प्रथम भयो । सूचना प्रविधि लेखाजोखा मुल्यांकनमा पनि खैरहनी उत्कृष्ट बन्यो ।
खैरहनी नगरपालिकाले युवाहरूलाई गरेको प्रोत्साहन र यहाँका युवाले पाएको सफलताका आधारमा युवा प्रतिभा पुरस्कार पनि जित्यो । स्थापना हुँदा ९८ लाख रूपैयाँको मात्र स्रोत रहेको खैरहनीसँग अहिले १७ करोडभन्दा बढीको स्रोत तयार भइसकेको छ । यसले आन्तरिक स्रोत परिचालन गरेर स्थानीय विकास निर्माण तथा अन्य गतिविधि सञ्चालन गर्न नगरपालिकालाई सघाउ पुगेको छ ।

नगरपालिकाका निवर्तमान प्रमुख लालमणि चौधरीले प्रशासन चुस्त बनाउँदै कृषि, उद्योग, व्यवसाय र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेको बताउँछन् । ‘विगतमा गाविस हुँदा अधिकार कम थियो। साना–साना गाविसहरूमा बजेट पनि कम हुन्थे, केन्द्रसम्म पहुँच थिएन, त्यसैले सम्भावना भएर पनि हाम्रो ठाउँ पछि पर्दै आएको थियो,’ चौधरीले भने, ‘नयाँ संविधानले स्थानीय तहको अधिकार बढायो । नगरपालिका बनेपछि त्यहीअनुरूप बजेट पनि प्राप्त हुन थाल्यो, अहिले हाम्रो ठाउँमा विकासको लहर आउँदैछ ।’

खैरहनी नगरपालिकाले हरेक निर्णय सर्वसम्मत गर्न सफल हुनुलाई पाँच वर्षे कार्यकालको सबभन्दा ठूलो उपलब्धि मानेको छ । नयाँ नगरपालिकामा पहिलो पटक जनप्रतिनिधि भएर आएकाहरूका लागि भौतिक र प्रशासनिक संरचना तयार पार्नु, आर्थिक गतिविधि चुस्त पार्दै स्रोत बढाउनु र सेवा प्रवाह प्रभावकारी बनाउनु ठूलो चुनौती थियो । पाँचवर्षे कार्यकालमा यो चुनौती पनि पार गरेको चौधरी बताउँछन् ।
नगरपालिका भित्र सहकारी संस्थासँग समन्वय गरेर धान, मकै, गहुँ प्रशोधन केन्द्र, पशु दाना मिल, मह प्रशोधन केन्द्र, दुधजन्य पदार्थ उत्पादन गर्ने प्लान्ट, शितभण्डार, तरकारी बजार, हाटबजार व्यवस्थापन गरेर कृषिको बजारीकरणका लागि काम गरेको निवर्तमान प्रमुख चौधरीले बताए ।
यस बाहेक कृषिमा आधुनिकीकरणका लागि किसानहरूलाई मेसिन, बीउमा अनुदान दिइएको उनले बताए । पशुपालनमा अनुदानको व्यवस्था र किसानलाई निःशुल्क कृषि बिमाको व्यवस्था पनि गरिएको उनले जानकारी दिए ।
पूर्वाधारमा ठूलो सफलता
खैरहनी नगरपालिकाले पाँच वर्षमा ६ वटा ठूला पुल आन्तरिक बजेटबाटै निर्माण गरेको छ । आन्तरिक स्रोतबाटै साना कल्भर्टहरू दर्जनौं बनेका छन् । ४० किलोमिटर भन्दा बढी नाला र ६० किलोमिटर भन्दा बढी सडक कालोपत्र गरेको छ । विद्यालय भवन, १३ वटै वडामा आधारभूत स्वास्थ्य केन्द्र बनाएको र १५ शैय्याको नगरस्तरीय अस्पताल निर्माणाधिन अवस्थामा छ ।
नगरपालिकाले २८ परिवार मुसहरका लागि घर बनाइदिएको छ । २८ घर रहेको सुकुम्बासी बस्ती स्थानान्तरण गरेर उनीहरूका लागि घर बनाइदिएको हो । उनीहरूको जीविकोपार्जनका लागि बाख्रापालन, कृषि, घरेलु उद्योगजस्ता आयआर्जनका गतिविधिमा पनि नगरपालिकाले सघाएको छ ।
पाँचवटा खोला यो नगरपालिकालाई चिरेर बगेका छन् । ती खोला नियन्त्रण गर्नु खैरहनीका सामु ठूलो चुनौती छ । मेयर चौधरीले खोला व्यवस्थापनका लागि भारतीय दूतावाससँग समन्वय गरेर काम अगाडी बढाएकोछ ।
चौधरीले आफ्नो पाँचवर्षे कार्यकालमा विद्यालयको भौतिक संरचना निर्माणका लागि काम गरेको भन्दै अब शैक्षिक गुणस्तर विकासमा केन्द्रित हुनुपर्ने बताए । भौतिक पूर्वाधार विकाससँगै शैक्षिक गुणस्तर वृद्धिका केही संकेत देखिन थालेको उनले बताए । उनकाअनुसार नगरपालिकामा हाल एमबिबिएस डाक्टर मात्रै रहेकामा अब कम्तीमा एक जना विशेषज्ञ डाक्टरसहति चार जना डाक्टर एक्सरे, भिडिओ एक्सरेसहितको सेवा सुरु भएको छ ।
नगरपालिका कार्यवहाक नगर प्रमुख समेत रहेकी सुनिता खरेल थपलियाले प्रमुख, उपप्रमुख, वडाध्यक्ष, निर्वाचित अन्य जनप्रतिनिधि र कर्मचारीको ‘टिम’ मिल्दा काम गर्ने वातावरण बनेको बताउँछिन् । टोल विकास समितिदेखि माथिका सबैले मिलेर काम गर्दा नगरपालिका नयाँ भए पनि पुरानाले भन्दा राम्रो काम गर्न सकेको उनको दावी छ ।
‘सबैले ऐन, नियमलाई टेकेर आफ्नो जिम्मेवारी पूरा गर्दा जनताले पनि राम्रो सेवा पाए, नगरपालिकाको प्रतिष्ठा पनि बढ्दै गयो,’ उनले भनिन्, ‘यो पाँच वर्षमा हामी नगरपालिकामा सिस्टम बसाउनमा सफल भएका छौं । यो जगमा टेकेर अबको पाँच वर्षमा धेरै राम्रो नतिजा दिन सकिन्छ ।’
पुनः नगर प्रमुखको दौडमा चौधरी
खैरहनीका संस्थापक नगर प्रमुख समेत रहेका लालमणि चौधरी दोश्रो कार्यकालका लागि नगर प्रमुखको दौडमा छन् । गठवन्धन उनका लागि चुनौती भएपनि पाँच वर्षमा विवाद रहित तरिकाले काम गर्दा उनलाई भरोसा गर्ने धेरै छन् । त्यसैले पनि उनलाई यो निर्वाचन सहज हुन सक्छ । पुनः नगर प्रमुखको उम्मेदवारी दिएका चौधरीले निर्वाचित भएमा केही लोक कल्याणकारी कार्यक्रमलाई अघि सार्ने योजना वनाएका छन् ।
पूर्वाधारको काम धेरै भईसकेको भन्दै उनले जनता लक्षित कार्यक्रम आवश्यक रहेको उनको बुझाई छ । उनले आगामी कार्यकालमा ५ सय गरिब विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्ने योजना वनाएका छन् । ‘स्वास्थ्य उपचारकै लागि धेरै मान्छे आर्थिक अभावमा भौतारिरहेको पाईन्छ’, चौधरी भन्छन्, ‘नगरपालिकाले त्यस्ता गरिव, विपन्न परिवारको बीमा गरिदिएमा धेरै समस्या समाधान हुन्छ ।’
त्यस्तै मृगौला रोगीका लागि मासिक पाँच हजारको व्यवस्था गर्ने, १० हजार लिटरसम्म खानेपानी उपभोग गर्ने उपभोक्ताको महसुस नगरपालिकाले तिर्ने व्यवस्था मिलाउने उनको योजना छ ।

Chitwan Aaja चितवन आज
मङ्गलबार, बैशाख २७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
भारतको हिमाचलमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकै गाउँका ९ नेपालीको मृत्यु
भरतपुरस्थित होटल सिविसीको व्यवस्थापनको जिम्मा अब भारतीय लड्र्सलाई
सुनको मूल्य तोलामा २ लाख ७६ हजार ५०० रुपैयाँ कायम ,चाँदीमा पनि कीर्तिमान

ताजा समाचार

सबै

भारतको हिमाचलमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकै गाउँका ९ नेपालीको मृत्यु

भरतपुरस्थित होटल सिविसीको व्यवस्थापनको जिम्मा अब भारतीय लड्र्सलाई

सुनको मूल्य तोलामा २ लाख ७६ हजार ५०० रुपैयाँ कायम ,चाँदीमा पनि कीर्तिमान

रङमार्फत थारु संस्कृति जोगाउँदै सोमिना

सर्‍यो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

जाडोमा मोजा लगाएर सुत्नु ठिक हो कि होइन ?

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि बस्दै

गैँडाकोट महोत्सव: ५० हजार दर्शकद्वारा अवलोकन

विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने

उज्यालो नेपाल समेटिएपछि यस्तो बन्यो राष्ट्रिय परिवर्तन पार्टीको बन्दसूची

बालेनले माघ ५ गते राजीनामा दिने, चुनावी तयारीका लागि झापा जाने

देउवालाई शेखरले भने, ‘पार्टी फुट्ने भयो, मिलाउनुस्’

पार्टी फुटको संघारमा छ, त्यो हुन नदिन लागेका छौं : सुनिल शर्मा

ललितपुरमा ८३ वर्षीय वृद्धको हत्या, इनारमा भेटियो शव

बीमा बोर्डले भुक्तानी नगरेपछि टिचिङ अस्पतालले बन्द गर्‍यो स्वास्थ्य बीमा कार्यक्रम

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

  • २.
    हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • ३.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ४.
    चितवन २ मा रवि लामिछानेसँग भिड्न एमाले नेता राम कार्की तयार

  • ५.
    युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

  • ६.
    नवलपुरमा बसभित्रै डिजिटल प्रविधि तालिम, २० जना युवाको सहभागिता

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.