मनहरी (मकवानपुर), २४ मङ्सिर : 
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा अस्वस्थ भई अस्पतालमा भर्ना हुनुभएको छ । उहाँलाई शनिबार बिहानदेखि ज्वरो आएपछि आज अस्पताल भर्ना हुनुभएको हो ।
प्रदेश प्रमुख शर्माका प्रमुख स्वकीय सचिव पारसमणि फुुयाँलका अनुसार शर्माको काठमाडौँको हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल चावहिलमा उपचार भइरहेको छ । स्वास्थ्य परीक्षणका क्रममा उहाँलाई निमोनिया पनि देखिएको फुयाँलले जानकारी दिनुभयो ।
उपचारत प्रदेश प्रमुख शर्माको अहिले स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उहाँको निजी सचिवालयले जनाएको छ । प्रमुख शर्मालाई केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने अस्पतालले जनाएको छ । रासस
                              
                                                            
        
        
        
        
        
        
        
        
        
   
   
   
                                                                                                         
   
                                                               
   
   
   
   
   
                                                      
                                                      
                                                      
 
           
   
   
   
 
           
 
           
 
           
 
           
   
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           













