हेटौँडा, २४ मङ्सिर
मकवानपुरको हेटौँडाबाट पेस्तोल सहित ३ जना पक्राउ परेका छन् । हेटौँडाबाट सेमिअटोमेटिक पेस्तोल, २० थान गोली सहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर– ९ बस्ने ३३ वर्षको निश्चल पौडेल, सोही स्थानका ३५ वर्षका गणेश घले र ३० वर्षको प्रितम क्षेत्री रहेका छन् ।प्रहरीका अनुसार उनीहरूलाई शुक्रबार हेटौँडा–१० बाट पक्राउ गरिएको हो ।
प्रहरीले उनीहरुको साथबाट सेमिअटोमेटिक पेस्तोल, २० राउन्ड गोली, हतियार सफा गर्ने रड, लागु औषध खैरो हेरोइन २ ग्राम ४०० मिलिग्राम, लागु औषध तौल गर्ने डिजिटल तराजु २ थान, ५ थान मोबाइल, ५० हजार नगद र ना २५ प ३३०५ नम्बरको सिबी युनिकर्न र ना ६३ प ९६७८ नम्बरको आरआर ३१० सिसीको मोटरसाइकल बरामद गरेको छ ।

यसबारे अनुसन्धान भईरहेको प्रहरीले जनाको छ।
                              
                                                            
        
        
        
        
        
        
        
        
        
   
   
   
                                                                                                         
   
                                                               
   
   
   
   
   
   
   
   
                                                      
                                                      
                                                      
 
           
   
   
   
 
           
 
           
 
           
 
           
   
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           













