काठमाडौँ, २२ मङ्सिर
भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । भारतले आजदेखि लागु हुने गरी प्याज निर्यातमा प्रतिबन्ध लगाएको हो ।
भारतको केन्द्र सरकारले घरेलु बजारमा प्याजको उपलब्धता सुनिश्चित गर्न र मूल्यवृद्धि नियन्त्रण गर्न प्याज निर्यातमा प्रतिबन्ध लगाएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
भारतले एक सूचना जारी गर्दै विदेश व्यापार ऐन र नीति अन्तर्गत रहेर आगामी चैत १८ गतेसम्मका लागि प्याज निर्यातमा प्रतिबन्ध लगाएको हो ।
भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा प्याजको भाउ बढ्ने भएको छ ।