काठमाडौँ, १९ मङ्सिर
भारतको सोनी टिभीको चर्चित कार्यक्रम ‘सीआईडी’मा फ्रेडरिकको भूमिका निर्वाह गरेका अभिनेता दिनेश फडनिसको मंगलबार निधन भएको छ ।
दिनेशको निधन मल्टिपल अर्गान फेलका कारण भएको बताइएको छ । आइतबार हृदयघात भएपछि दिनेशलाई अस्पताल भर्ना गरिएको थियो ।
उनका सहकलाकार दयानन्द शेट्टीका अनुसार दिनेशको अन्तिम संस्कार भोलि बिहान १०.३० बजे मुम्बईमा हुने छ ।
सन् १९९८ मा पहिलो पटक प्रसारण भएर सोनी टिभीमा २० वर्षसम्म चलेको कार्यक्रम ‘सीआईडी’मा फ्रेडरिकको भूमिका खेलेपछि दिनेश चर्चित बने । उनले लोकप्रिय सिरिज तारक मेहता का उल्टा चश्मामा पनि उपस्थिति देखाए र सुपर ३० र सरफारोस जस्ता फिल्ममा सहायक भूमिका खेलेका छन् ।