नयाँ दिल्ली । अदानी समूहका कम्पनीहरूको शेयर मूल्यमा भएको तीव्र वृद्धिका कारण गौतम अदानी फेरि एकपटक शीर्ष २० धनी व्यक्तिको सूचीमा परेका छन् ।
मंगलबार सेयर बजारमा सूचीकृत गौतम अदानीका १० वटै कम्पनीको सेयरमा तीव्र उछाल आएको छ ।
केही शेयरको मूल्यमा २० प्रतिशतसम्मको वृद्धि देखिएको छ । यसले समूहको कुल बजार पुँजी १ लाख करोड रुपैयाँभन्दा बढी बढेको छ। ब्लूमबर्ग बिलियनेयर्स इन्डेक्सका अनुसार गौतम अदानीको पुँजी एक दिनमा करिब ६.५ अर्ब डलरले बढेको छ । योसँगै अदानीको कुल सम्पत्ति ६६.७ बिलियन डलर पुगेको छ र उनी शीर्ष २० धनीहरुको सूचीमा १९औँ स्थानमा आएका छन् ।
शीर्ष २० धनीको सूचीमा भारतका मुकेश अम्बानी १३ औं स्थानमा छन् । यो वर्ष उनको पुँजी २ अर्ब ३४ करोड डलरले बढेको छ । -एजेन्सी