• चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
सोमबार, भदौ १६, २०८२
☰
सोमबार, भदौ १६, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

गैँडाकोटमा रहेको लुम्बिनी ICT क्याम्पस परिसरमा ह्याकाथन महोत्सव, १६ कलेजका विद्यार्थीबीच प्रतिस्पर्धा

भदौ १८ गतेबाट विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालकको घोषणा

चितवनमा ग्रेस इन्टरनेशनलको ‘एडुभर्स २०२५’

सकियो तीन दिने अङ्कुरम्–नमुना राष्ट्रसंघ कार्यक्रम

अर्किड स्कुलद्वारा अन्तर विद्यालय स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न

फोर्ब्स कलेज भरतपुर चितवनले बिबिए कार्यक्रमका लागि एक करोड भन्दा बढिको छात्रबृति प्रदान गर्ने

अर्बिट स्कुलमा कक्षा ११ का विद्यार्थीलाई कक्षा १२ का विद्यार्थीले गरे स्वागत

पूर्वाग्रही सोचसहित ल्याउनलागिएको शिक्षा विधेयक अस्वीकार्य : प्याब्सन

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते भरतपुरमा हुने

लोकप्रिय समाचार

  • १. हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

  • २. हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

  • ३. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ४. आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

  • ५. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ६. चितवनबाट दिदीबहिनी बेपत्ता

  • ७. चितवनमा कार अनियन्त्रित भई रुखमा ठोक्किँदा एक जनाको मृत्यु

  • ८. मुग्लिन सडकमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

  • ९. रौतहटकी रुबी हत्याका आरोपी लक्ष्मण पासवानको मृत्यु

  • १०. प्रधानमन्त्रीलाई बालेनको आग्रह–लिपुलेक हाम्रो हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला

रसिलो सुन्तला किसानका अमिलो व्यथा

लमजुङ, १० मङ्सिर
बेँसीशहर नगरपालिका–११ स्याउत गाउँका सुरेशबाबु पाण्डेले करिब २० वर्ष अघिदेखि चार सय रोपनी जमिनमा सुन्तलाखेती गर्दै आउनुभएको थियो। उहाँको बारीमा पाँच सय बोटका सुन्तलाले बर्सेनि रु तीन लाखदेखि रु पाँच लाखसम्म आम्दानी हुने गर्दथ्यो । केही वर्षदेखि सुन्तलाका बोट मर्दै जाने क्रममा यतिबेला रोगले सबै सखाप भइसकेको छ । किसान पाण्डेले भन्नुभयो, “अहिले त परिवारले खाने सुन्तला पनि छैन ।”

सुन्तला सखाप भएपछि धान र मकैखेती गर्न थालेको उहाँको भनाइ थियो । पाण्डेले भन्नुभयो, “त्यति बेला सुन्तला बिक्री गरेर परिवारको खर्च टार्न सहज भएको थियो अचानक रोग लागेर मर्दै जाँदा बगैँचा नै सखाप भयो । पहिला आफैले बिक्री गरिन्थ्यो तर अहिले आफैले अरुसँग किनेर सुन्तला खानुपरेको गुनासो उहाँले गर्नुभयो ।”

त्यस्तै सोही गाउँकै भगवती पन्तको सुन्तलाबारी पनि अहिले सखाप भएको छ । उहाँले भन्नुभयो, “करिब ५० वर्ष अघि स्याउत गाउँमै पहिलो सुन्तलाखेती हामीले गरेका थियाँै । तेह्र रोपनी जग्गामा छ सय वटा सुन्तलाका बोट लगाएका थियौँ, फल राम्रौ दिन्थ्यो । बर्सेनी रु छ/सात लाख आम्दानी गर्दै बालबच्चा पढाउन र घरखर्च चलाएर पनि बचत हुने गर्ने गरेका थियौँ ।”

पहिलो त्यतिका बोटबाट त्यत्रो रकम आम्दानी हुन्थ्यो अहिले त ५०/६० वटा बोट छन् त्यही पनि मसिना मसिना दाना फलेको छ, यसवर्ष ७०/८० हजारसम्म आइहाल्छकी पन्तले भन्नुभयो । कति दुःख गरेर लगाएइको सुन्तलाखेती नासिँदा दुःख लागेको छ । सुन्तला नभए पनि कागती हुन्छ की भनेर तीन वर्षअघि बीस हजार तिरेर एकसय वटा कागतीको बिरुवा सारेकामा गतवर्ष सबै बिरुवा मरेको उहाँले सुनाउनुभयो ।

रमेशराज पन्तको पनि उस्तै समस्या छ । विगतमा धेरै वर्षसम्म सुन्तलाबाटै वार्षिक रु चार÷पाँच लाखसम्म आम्दानी गर्नुभएको थियो । विसं २०३६/३६ मा एक हजार पाँच सय वटा बिरुवाबाट सुन्तलाखेती गर्दै विसं २०४० देखि उत्पादन गर्दै बर्सेनी रु पाँच लाखभन्दा बढी आम्दानी हुने गरेको उहाँले सुनाउनुभयो ।

“विसं २०६० सम्म लगाइएको सुन्तलाले गाउँ नै ढाक्ने गथ्र्यो, फागुन महिनासम्म पनि सुन्तला टिपेर भ्याउन गाहे हुन्थ्यो तर अहिले ३०/४० वटा बोट धेरै स्याहारसुसार र मलजल गरेर बचाएर राखेको छु, यसवर्ष करिब रु एक डेढ लाखसम्म कमाइ हुने अपेक्षा छ,” रमेशले भन्नुभयो, “विगतमा प्रतिगोटा २५ पैसामासमेत बिक्री गर्नुपर्दा त्यतिबेला गाउँसम्म आउने सहज बाटो थिएन, भाउ थिएन, आफैले झारेर धुवानी गर्नुपथ्र्यो, अहिले सुन्तलाको माग छ, बाटो सहज छ तर सुन्तला बगैँचा छैन ।

लटरम्मै हुने गरी फल दिने सुन्तलाका बोटले फल दिन नसक्दा साविकको जिल्ला कृषि विकास कार्यालयले पकेट क्षेत्रमा सूचीकृत यस गाउँमा केही वर्षदेखि बोट मात्रै हुँदा किसान चिन्तामा छन् । उनीहरुको मात्रै नभइ गाउँमा रहेका ८० घरपरिवारले नै लामो समयदेखि सुन्तला लगाउँदै आए पनि बोटमा रोग लागेपछि अधिकांशको सुन्तला मरिसकेको र केहीको मात्रै अलिअलि बाँकी छन् । विगतमा आफूहरुले रु तीन करोडसम्म लिने गरेपनि यतिबेला रु पाँच÷दस लाख पनि पाउन मुस्किल हुने स्थानीयवासीको भनाइ थियो ।

बीस वर्षको बीचमा ग्रिनिङ भाइरसका कारण सुन्तलाको जरा मर्ने, पात मर्ने, हाँगा सुक्दै जाने, साना दाना लाग्ने, कम फल्नेजस्ता समस्या किसानले झेल्दै आए पनि समाधान गर्न नसक्दा गाउँभरिका सुन्तलाबारी नै सखाप भइसकेको उनीहरुले बताए । यहाँका किसानले उतिबेला ठीक यही समयमा सुन्तला बगैँचा हेर्दै खाँदै किसान आ–आफूले लगाएको बारीको सुन्तला यो साल त यति लाखमा बेच्छु र त्यो पैसाले यो काम गर्छु भन्दै योजनासहित खुसी भएर बसेका हुन्थे तर विगतकेही वर्षदेखि सुन्तलाले फल दिन नसक्दा अवस्था फेरिएको छ । साविकको जिल्ला कृषि विकास कार्यालयमा पकेट क्षेत्रमा सूचीकृत स्याउत गाउँबाहेक तार्कुको गहते, करापुटारको बेतिनी, भोर्लेटारका लामासोती, उदिपुरको धिमिरे, भोटेओडारलगायत क्षेत्रमा रोग लागेर सुन्तलाका बोट मर्दै गएपछि बगैंँचा मासिँदै गएको छ । जिल्लामा उत्पादित सुन्तला कम हुँदा बाहिरी जिल्लामा उत्पादित सुन्तलाले बजार ओगेटेको छ ।

यतिबेला सुन्तला प्रतिकिलो रु एकसय ४० देखि रु एकसय ५० मा बिक्री हुँदै आएको छ । कत्ले, पतेरोलगायत कीराले बिरुवा तथा बोटमा रोग सार्ने र सिट्रेस डिक्लाइन (उत्पादनमा ह्रास हुने रोग), ग्रिनिङ भाइरसजस्ता रोग लाग्ने तर गोडमेल, स्याहार, सिँचाइको व्यवस्था, बिरुवा छनोटजस्ता काममा किसानले ध्यान नदिएकाले सुन्तला बगैँचा मासिने क्रम बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

जिल्लामा एक हजार दुई सय हेक्टर क्षेत्रफलभन्दा बढीमा सुन्तला खेती हुने गरे पनि केही वर्षदेखि करिब एक सय ५० हेक्टर जमिनमा मात्र सुन्तला खेती हुने गरेको कार्यालयले जनाएको छ । रासस

Chitwan Aaja चितवन आज
आइतबार, मङि्सर १०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
अगस्तमा ८८ हजारभन्दा बढी पर्यटक भित्रिए
आसामसँगको टी-२० शृंखला नेपाल ‘ए’ले जित्यो
चितवन स्व सूर्यप्रसाद श्रेष्ठ स्‍मृति ब्याडमिन्टन सम्पन्न

ताजा समाचार

सबै

अगस्तमा ८८ हजारभन्दा बढी पर्यटक भित्रिए

आसामसँगको टी-२० शृंखला नेपाल ‘ए’ले जित्यो

चितवन स्व सूर्यप्रसाद श्रेष्ठ स्‍मृति ब्याडमिन्टन सम्पन्न

एससीओ शिखर सम्मेलनमा प्रधानमन्त्रीको सम्बोधन

विद्या भण्डारीको पार्टी सदस्यता रोक्न मिल्दैन, विधान महाधिवेशनमा कुरा उठाउँछु : सुरेन्द्र पाण्डे

दार्चुलाको नौगाड खोलामा खस्यो अटो, एक जनाको मृत्यु, २ बेपत्ता

मुग्लिन सडकमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

अफगानिस्तानमा शक्तिशाली भूकम्प, ६०० जनाभन्दा बढीको मृत्यु

चितवनका दुई हात्ती कतार पठाइँदै

लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो भूमि हो, यसमा मित्रराष्ट्रहरूले चित्त दुखाउनुपर्दैन : गृहमन्त्री लेखक

रास्वपा उम्मेदवार थापाको पत्रकारसँगको भेटघाट स्थगित

गैँडाकोटमा रहेको लुम्बिनी ICT क्याम्पस परिसरमा ह्याकाथन महोत्सव, १६ कलेजका विद्यार्थीबीच प्रतिस्पर्धा

तोलामा २ लाख ५ हजार नाघ्यो सुनको मूल्य

राष्ट्रियसभाको बैठक आज बस्दै

कोशी ब्यारेजको ३१ ढोका खोलियो

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नु भयो ?

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

चितवनका युवा व्यवसायी लामिछानेको ‘भाइरल गोर्खे’ जेठ ३० मा

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

सुनको मूल्य फेरि घट्यो

विशेष

सबै
  • १.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • २.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ३.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ४.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ५.
    सुनको मूल्य फेरि घट्यो

  • ६.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ७.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ८.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • ९.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • १०.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • ११.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

  • १२.
    सडकमा दुध पोखेर आन्दोलनमा उत्रिए चितवनका किसान (फोटो/भिडियोसहित)

साताको चर्चित

  • १.
    हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

  • २.
    हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

  • ३.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ४.
    आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

  • ५.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ६.
    चितवनबाट दिदीबहिनी बेपत्ता

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.