काठमाडाैं मंसिर १०,
भारतको केरलास्थित कोचिन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी (क्युस्याट) मा आयोजित प्रविधि महोत्सवमा भागदौड मच्चिँदा कम्तीमा चार विद्यार्थीको मृत्यु भएको छ । उक्त घटनामा २० जना घाइते भएका छन् ।
क्याम्पसको खुल्ला कार्यक्रमस्थलमा आयोजित एक म्युजिक कन्सर्ट र प्रविधि प्रदर्शनीका क्रममा शनिबार उक्त घटना भएको हो ।
स्वास्थ्यमन्त्री वीणा जर्जले भागदौडमा परी चार विद्यार्थीको मृत्यु भएको र २० जना घाइते भएको पुष्टि गरे ।
स्वास्थ्यमन्त्री जर्जले घाइते विद्यार्थीका लागि कलामासेरी मेडिकल कलेजमा उपचारको व्यवस्था मिलाइएको जानकारी दिएका छन् । रासस
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार