राजौरी । जम्मू कश्मीरको राजौरी जिल्लामा सुरक्षा बल र आतंककारीहरूबिच बुधबार भएको भिडन्तमा दुई क्याप्टेनसहित सेनाका चार जना जवानको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । त्यहाँ रहेका दुई आतंककारीलाई मार्न यस क्षेत्रमा भीषण गोलीबारी भइरहेको अधिकारीहरूले बताएका छन्।
सेनाका अधिकारीका अनुसार घटनामा दुई क्याप्टेन, एक सार्जेन्ट र एक सिपाहीको मृत्यु भएको हो । यस भिडन्तमा अर्का मेजर घाइते भएका छन् र उनलाई उधमपुरको आर्मी अस्पतालमा भर्ना गरिएको छ। प्रहरीले खोजी अभियानपछि धर्मसालको बजिमल क्षेत्रमा चरमपन्थी र सेना र जम्मू कश्मीर प्रहरीको संयुक्त बलबिच भिडन्त सुरु भएको जनाएको छ ।
सेनाको ह्वाइट नाइट कोरले सामाजिक सञ्जालमा लेखेको छ, ‘गुप्तचरको विशेष सूचनाको आधारमा आइतबार राजौरीको गुलाबगढ जंगलको कालाकोट क्षेत्रमा संयुक्त अभियान सुरु गरिएको थियो।’ सुरक्षा बलका अनुसार यो अपरेशन जारी रहेको र चरमपन्थीहरू त्यहाँ फसेका छन्।