काठमाडौँ, ५ मङ्सिर
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
क्राउ पर्नेमा ३२ वर्षीया भारतीय नागरिक किम्रो साङ्गी रहेकी छिन् ।
साङ्गी कतारको दोहबाट त्रिभुवन विमानस्थलमा ओर्लिएर भुटान जान लाग्दा पक्राउ परेकी हुन् । उनी ईथियोपियाबाट दोहा हुँदै काठमाडौँ ओर्थिएकी थिइन् ।
भुटान जान लागेको अवस्थामा प्रहरीको टोलीले उनको साथबाट १ किलो ९७३ ग्राम कोकिन बरामद गरेको छ ।
यसबारे थप अनुसन्धान भईरहेको लागु औषध नियन्त्रण ब्यूरोका एसएसपी गोविन्द थपलियाले जानकारी दिए।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार