मकवानपुर, ३ मङ्सिरः 
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–६ शान्तिटोलमा ट्रकको ठक्करबाट  एकजना महिलाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार ३८ वर्षीया निरा बजगाईंको  मृत्यु भएको हो । द्रुत गतिमा हुइँकिएको ट्रकको ठक्करबाट उनको घटनास्थलमा नै मुत्यु भएको हो । चालकलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही थालिएको छ । रासस
                              
                                                            
        
        
        
        
        
        
        
        
        
   
   
   
                                                                                                         
   
                                                               
   
   
   
   
   
                                                      
                                                      
                                                      
 
           
   
   
   
 
           
 
           
 
           
 
           
   
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           













