काठमाडौँ । पछिल्लो समयमा डेंगु सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको छ । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार सङ्क्रमितको सङ्ख्या ४६ हजार नागेको छ ।
हालसम्म ७७ जिल्लाका ४६ हजार ३१९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यो अवधिमा २० जना सङ्क्रमितको मृत्यु भएको ईडीसीडीले जनाएको हो ।






