काठमाडाैं, कात्तिक १९
आईसीसी टी–२० विश्वकप छनोटअन्तर्गत नेपाल र ओमानबीचको फाइनल खेलमा नेपालले चौथो विकेट गुमाएको छ ।
चौथो विकेटको रूपमा नेपालले कुशल मल्ललाई गुमाएको हो ।
उनी ३ रन मात्रै बनाएर पेवेलियन फर्किए । यसअघि नेपालले कुशल भुर्तेलको विकेट गुमाएको थियो । उनी २२ बलमा ३१ रन बनाएर आउट भए ।
सन्दीप जोरा र आशिफ शेख आउट भएका थिए । जोराले १० रन बनाए भने आशिफले ६ रन मात्रै जोडे ।