काठमाडौँ, १२ कात्तिक
नेपाल प्रहरीका इन्स्पेक्टर कैलाश लिम्बुले ‘बिएसएफ ट्रफी’ जितेका छन् ।
भारतमा संचालिन इन्डियन पुलिस सर्भिस (आईपीएस) तालिममा उत्कृष्ट स्थान हासिल गर्दै सो ट्रफी जितेका हुन् ।
आईपीएस तालिमका लागी भारतको हैदराबाद स्थित सरदार बल्लभभाई पटेल राष्ट्रिय पुलिस एकेडेमीमाा नेपाल प्रहरीबाट इन्स्पेक्टर लिम्बु छनोट भएका हुन् । १० महिना लामो तालिम पछि ‘आउटडोर स्टडिज’ तर्फ लिम्बुले ट्रफी जितेका हुन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार सरदार बल्लभभाई पटेल राष्ट्रिय पुलिस एकेडेमीमा आयोजित दीक्षान्त समारोहमा उनलाई ट्रफी प्रदान गरिएको हो।