गाजा । प्यालेस्टिनी अधिकारीहरूले गाजामा मृत्यु हुनेको संख्या ४ हजार ३ सय ८५ पुगेको बताएका छन् । अधिकारीहरूले मृत्यु हुनेहरू मध्ये १ हजार ७५६ बालबालिका रहेको बताएका छन्।
अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेदेखि इजरायली सेनाले गाजामा लगातार बमबारी गरिरहेको छ । हमासको आक्रमणमा इजरायलमा १हजार ४०० जनाको ज्यान गएको थियो ।
पछिल्लो जानकारी अनुसार २१० जनालाई हमास लडाकुहरूले अपहरण गरी गाजा पट्टीमा लगेका छन् । एजेन्सी